close

ग्यापुको शिवरात्री अफर, एपबाट अर्डर गर्दा २०० छुट

टेकपाना टेकपाना

फागुन २६, २०७७ ११:४४

ग्यापुको शिवरात्री अफर, एपबाट अर्डर गर्दा २०० छुट

काठमाडौं । ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक सञ्जालमार्फत उपहार दिने कार्यक्रम ल्याएको छ । अफरमा ग्राहकले भोलेबाबा (BHOLEBABA) कोड प्रयोग गरी दुई सय रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तो अफर ग्यापुको एन्ड्रोइड र आईओएस एपमार्फत जुनसुकै सामान खरिद गर्दा तत्काल प्राप्त गर्न सकिने कम्पनीका संस्थापक तथा सीईओ ज्ञानेन्द्र खड्काले बताए । साथै ग्यापुको सामाजिक सञ्जालमा प्रकाशित बाल्यकालको याद दिलाउने बाटो छेकेको फोटोमा आफ्ना साथीहरुको नाम मेन्सन गर्दा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने छ ।

महाशिवरात्रीकै अवसरमा ग्यापुको जीबारमा उपलब्ध सामान खरिदमा समेत विशेष छुट राखिएको खड्काले जानकारी दिए । सन् २०२१ भित्र ग्यापुको एप डाउनलोड गर्नेमध्ये एक जनाले कार जित्ने अफर पनि कम्पनीले यसअगाडि नै सार्वजनिक गरिसकेको छ ।

साथै ग्यापुले छिट्टै ‘रेफर एण्ड अर्न’ कार्यक्रम पनि सार्वजनिक गर्ने खड्काले बताए । मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत ग्यापुमा शपिङ गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आईएमई पे कनेक्ट आईपीएस र ईसेवा मार्फत भुक्तानी गर्न सक्छन् ।

डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट तथा क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद भुक्तानी गर्न समेत सक्छ्न्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१