close

सामसङ ग्यालेक्सी ए५२ र ए७२ आज सार्वजनिक हुँदै

टेकपाना टेकपाना

चैत ४, २०७७ १४:०

सामसङ ग्यालेक्सी ए५२ र ए७२ आज सार्वजनिक हुँदै

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले आज दुई मोडलका नयाँ फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी ‘ए’ सिरिजअन्तर्गत ए५२ र ए७२ सार्वजनिक गर्न लागेको हो ।

नेपाली समयअनुसार बेलुकी ७ः४५ देखि सुरू हुने लञ्च इभेन्ट सामसङकाे फेसबुक पेज, युट्युब च्यानल लगायतबाट प्रत्यक्ष प्रसारण हुनेछ । यी मोडल नेपाली बजारमा आउँदो हप्ता सार्वजनिक हुने अनुमान गरिएको छ ।

यी दुवै फाेनमा ९० हर्जकाे स्क्रिन, स्न्यापड्रागन ७२०जी चिपसेट, ८ जीबी र्‍याम लगायतका फिचर रहेका छन् ।

ModelConfiguration
Samsung Galaxy A526GB/128GB
Samsung Galaxy A528GB/128GB
Samsung Galaxy A728GB/128GB
Samsung Galaxy A728GB/256GB

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१