close

म्यासेज आफैं हराउने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १६:५३

म्यासेज आफैं हराउने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । अब ह्वाट्सएसमा आएको म्यासेज आफैं डिलिट हुने भएको छ । कम्पनीले प्रयाेगकर्ताका लागि ‘डिसएपिएरिङ’ नामक नयाँ फिचर उपलब्ध गराउने भएको हो ।

यो फिचर प्रविधिको हिसाबले नयाँ भने होइन । टेलिग्रामका साथै ह्वाट्सएप आफैंमा पनि यो फिचर छ । म्यासेज आएको ७ दिनभित्र आफैं हराउने बनाउन मिल्ने फिचर ह्वाट्सएपकाे अहिलेकाे भर्सनमा छ । त्यसका लागि प्रयोगकर्ताले आफैले सेटिङमार्फत यसलाई अन गर्नुपर्ने हुन्छ ।

तर, अब भने कम्पनीले स्वतः आफै डिलिट हुने फिचर उपलब्ध गराउने भएको हो । त्याे पनि २४ घण्टाभित्र उक्त म्यासेज हट्नेछ । यसको अर्थ तपाईंलाई ह्वाट्सएपमा आएको म्यासेज तपाईंले हेरेको २४ घण्टापछि स्वत: हराएर जानेछ ।

यो फिचर कम्पनीले ह्वाट्सएपको नयाँ भर्सनमा उपलब्ध गराउने अपेक्षा गरिएको छ । डब्लु बेटा इन्फोले सार्वजनिक गरेको जानकारीअनुसार यो फिचर हाल कम्पनीले परीक्षण गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१