काठमाडौं । सरकारले ३ वर्षभित्र रासायनीक मल कारखाना बनाइने भएको छ । सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले कारखानाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । प्रतिनिधि सभा विघटन भएको हालको अवस्थामा उनले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच बजेट प्रस्तुत गरेका हुन् ।