close

अन्तरिक्षबाट यस्तो देखिन्छ नेपाल

टेकपाना टेकपाना

असार ४, २०७८ १६:४६

अन्तरिक्षबाट यस्तो देखिन्छ नेपाल

काठमाडौं । अन्तरिक्षबाट नेपाल कस्तो देखिएला ? स्वभावैले यो कौतुहलता तपाईं हामी सबैलाई छ । आज हामी नासासहित ६ अन्तरिक्ष संस्थाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कैद गरिएका नेपालसँग सम्बन्धित चार तस्वीरकाे चर्चा गर्दै छाैं ।

पहिलाे तस्वीर

मार्च २७, २०१९ मा लिइएकाे याे तस्वीरमा चीन, नेपाल र भारतकाे सतहबाट २५६ माइलमाथि परिक्रमा गरिरहेकाे सोयुज एमएस -१२ क्रु सिप देख्न सकिन्छ ।

दाेस्राे तस्वीर

याे तस्वीर फेब्रुअरी ११, २०२१ मा लिइएकाे हाे । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले उत्तरी पाकिस्तानकाे सतहदेखि २६३ माइल उचाइ माथिबाट लिएकाे तस्वीरमा भारत र नेपालबाट चीनलाई अलग गर्ने हिमालहरू देख्न सकिन्छ ।

तेस्रा तस्वीर

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट जनवरी ६, २०११ मा लिइएको यो तस्वीरमा सगरमाथाको उत्तर पश्चिमी किनार वरपरका हिमनदीहरू देखिन्छ ।

चाैथाे तस्वीर

सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वी कक्षमा छाेडिएका ‘नेपाली स्याट -१’ सहित जापान र श्रीलंकाका नानो स्याटेलाइट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१