काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मिस्ड कल सेवा सुरू गरेकाे छ । काेभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बिचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले बैंकले याे सेवा ल्याएकाे हाे ।
बैंकले सञ्चालनमा ल्याएको यो सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाबारे जानकारी तथा बैंकको बचत तथा कर्जासम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोबाइल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सकिने बैंकले जनाएको छ । बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने बैंकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६
