काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले फ्ल्याश चार्जिङमा नयाँ प्रविधि सार्वजनिक गरेको छ । ‘ह्वाट्स नेक्स्ट फर फ्ल्याश चार्जिङ ?’ ओप्पो फ्ल्याश चार्ज ओपन डेमार्फत कम्पनीले उक्त प्रविधि सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा कम्पनीले फास्ट चार्ज प्रविधिअन्तर्गत आफ्नो नयाँ उपलब्धि तथा फ्ल्याश चार्ज टेक्नोलोजीका सोलुसनबारे जानकारी दिएको थियो ।
‘भोक फ्ल्याश चार्ज प्रविधिको विकास, चार्जिङ एडप्टर, चार्जिङ केबल, पीएमआईसी, ब्याट्री लगायतका प्रविधि कम्पनीका उत्पादन हुन्’, ओप्पो भोक फ्ल्याश चार्ज प्रविधिका प्रमुख वैज्ञानिक जेफ च्यांगले भने, ‘उपभोक्ताको आवश्यकता अनुसार ताररहित वा तारसहितको चार्जिङमा नयाँ प्रविधि उपलब्ध गराएको छ । जसले गर्दा प्रयोगकर्ताले जस्ताेसुकै अवस्थामा पनि केही समयमै फुल चार्जको मज्जा लिन सक्नेछन् ।’
यसरी निर्माण गरिएको चार्जर सुरक्षित रहने कम्पनीकाे दाबी छ । अझ त्यसलाई पनि सुरक्षित गर्ने योजनाका साथ कम्पनीले भोक फ्ल्याश चार्ज प्रविधिमा फाइभ-फोल्ड सेफ्टी प्रोटेक्सन प्रणाली भित्र्याएको छ । यसका साथै कार्यक्रम मार्फत कम्पनीले नयाँ स्मार्ट चार्जिङ प्रविधिको पनि सार्वजनिक गरेको उल्लेख गरिएको छ ।
नयाँ उत्पादनमा चार्जिङको गतिलाई बढवा दिन विशेष डिजाइन प्रदान गरिएको छ । जसले अवस्थाअनुसार विद्युतीय सर्किटको मापन गरी डिभाइसमा पठाउँछ । त्यो हुँदा अस्वाभाविक रूपमा ब्याट्रीको आयु कम हुनबाट बचत गर्ने कम्पनीले जनाएकाे छ ।