close

इन्डोनेसिया र थाइल्याण्डमा अब एक-अर्काको क्यूआर कोड प्रयोग गर्न मिल्ने

टेकपाना टेकपाना

भदौ २, २०७८ १०:२

इन्डोनेसिया र थाइल्याण्डमा अब एक-अर्काको क्यूआर कोड प्रयोग गर्न मिल्ने

काठमाडौं । इन्डोनेसिया र थाइल्याण्डमा अब एक अर्काको देशको क्यूआर कोर्ड प्रयोग गर्ने मिल्ने भएको छ । दुई देशका केन्द्रीय बैंकबीचको सहमतिअनुसार ग्राहक र व्यापारीले सामान खरिदरबिक्री गर्दा आफ्नै देशको क्यूआर पेमेन्ट प्रयोग गर्न मिल्ने भएको छ  ।

हाललाई यो सुविधा पाइलट प्रोजेक्टको रुपमा बैंकहरूले अगाडि बढाएको छ । पेमेन्ट कनेक्टिभिटीमा कोशेढुङ्गा साबित हुने यो सेवा सन् २०२२ को पहिलो त्रैमासिकमा पूर्ण रुपमा सञ्चालनमा आउने बताइएको छ ।

यसको अर्थ अब इन्डोनेसियाका प्रयोगकर्ताले आफ्नो मोबाइल पेमेन्ट एप्लिकेसन थाइल्याण्डमा प्रयोग गर्न पाउनेछन् भने थाइल्याण्डका प्रयोगकर्ताले पनि इन्डोनेशियामा आफ्नो मोबाइल पेमेन्ट प्रयोग गर्न पाउनेछन् ।

यस लगायत ई(कमर्सका लागि अब क्रस बोर्डर कारोबारमा पनि मोबाइल पेमेन्ट प्रयोग गर्न सकिने भएको छ । आउने दिनमा मोबाइल नम्बर प्रयोग गरेर रियल टाइममा पैसा पठाउन र पाउन मिल्ने व्यवस्था पनि विस्तार हुने जनाइएको छ ।

यो सेवाले पर्यटन क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै साना तथा मझौला व्यावसायहरूलाई पनि टेवा पुग्ने सम्बन्धित निकायहरूको आशा छ ।

साथै यसले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्दै ई-कमर्स कारोबारलाई बढावा दिने केन्द्रीय बैंकको विश्वास छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१