close

१८ जीबी र्‍याम र ६ हजार एमएएच ब्याट्रीसहित नयाँ रग फोन ल्याउँदै एसुस

टेकपाना टेकपाना

भदौ ३, २०७८ ९:३६

१८ जीबी र्‍याम र ६ हजार एमएएच ब्याट्रीसहित नयाँ रग फोन ल्याउँदै एसुस

काठमाडौं । एसुसको नयाँ गेमिङ फोन अझ शक्तिशाली भएर आउने भएको छ । क्वालकमको नयाँ प्रोसेसरसहित एसुसले आफ्न दुई नयाँ गेमिङ फोन सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

३६० हर्जको टच स्याम्पलिङ रेट सहित रग फोन ५ एस (ROG Phone 5S) मा १८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको छ । ६.७८ इन्चको डिस्प्ले भएको यो फोनमा १४४ हर्ज रिफ्रेस रेट र ६००० एमएएच ब्याट्री रहेको छ ।

त्यस्तै तीन वटा रियर क्यामेरा रहेको फोनको मुख्य सेन्सर ६४ मेगापिक्सेलको छ । त्यस्तै रग फोन ५एस प्रो (ROG Phone 5S Pro) पनि १८ जीबी र्‍यामसहित रग फोन ५एस कै फिचर सहित बनेको छ ।

यद्यपि यस फोनमा भने गेमिङको उत्कृष्ट अनुभवका लागि ५एसको भन्दा थप टच सेन्सरहरू प्रयोग गरिएको छ । गिजमो चाइनाका अनुसार यी दुवै फोनको अर्डर हाल ताइवानको बजारमा मात्र उपलब्ध हुनेछ ।

फोन भने अगस्ट २४ देखि मात्र उपलब्ध हुनेछ । रग फोन ५एस को मूल्य ९९१ अमेरिकी डलर अर्थात करिब एक लाख १७ हजार रुपैयाँ रहेको छ भने ५एस प्रो को मूल्य १,३६४ डलर अर्थात एक लाख ६२ हजार रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१