close

डुप्लिकेट सिम बनाई ठगी गर्ने एक जना पक्राउ

टेकपाना टेकपाना

माघ ४, २०७९ १५:५३

डुप्लिकेट सिम बनाई ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । सिम डुप्लिकेसन गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीकोट घर भई हाल काठमाडाैं गाेङ्गबु बस्ने २६ वर्षीय पूर्णनाथ योगी रहेका छन् ।

योगी सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईमोबाट आकर्षक तलब र सुविधामा फ्रान्स, स्विजरल्याण्ड जस्ता विकसित देशहरूमा रोजगारीको अवसर रहेको भनी विज्ञापन गर्ने गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार त्यस्ता विज्ञापनबाट सम्पर्कमा आएका मानिसहरूलाई काठमाडौंका विभिन्न ठाउँमा बोलाएर भेट्ने र भिसा प्रोसेसिङका लागि भन्दै उनीहरूको नागरिकता, राहदानीजस्ता कागजात संकलन गर्थे ।

ती नागरिकता र राहदानीको फोटोकपी बनाएर पीडितले प्रयोग गरिरहेको सिमको डुप्लिकेट सिम निकाल्ने गरेको प्रहरीले उल्लेख गरेकाे छ ।

आरोपित याेगीले डुप्लिकेट सिम निकालेर पीडितको बैंकमा पहुँच बनाई बैंक अकाउन्टबाट आफ्नो अकाउन्टमा पैसा ट्रान्सफर गर्ने र बैंक अकाउन्टमा एक्सेस पाउन प्रयोग भएका सिम नष्ट गर्ने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

योगीलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडाैं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ १७:२६