close

कसरी भएको थियो एक्स-रेको आविष्कार ? यस्तो छ रोचक कथा

टेकपाना टेकपाना

माघ ८, २०७९ १४:५२

कसरी भएको थियो एक्स-रेको आविष्कार ? यस्तो छ रोचक कथा

काठमाडौं । जब हामीलाई यस्तो कुनै चोटपटक लाग्छ, जसमा बाहिरबाट घाउ देखिँदैन, त्यस्तोमा प्रायः डाक्टरहरूले एक्स-रे गर्ने सल्लाह दिइरहेका हुन्छन् । शरीरमा कुनै प्रकारको चोट वा भित्री चोट पहिचान गर्ने सबैभन्दा प्रचलित तरिका नै एक्स-रे हो ।

कालो रङ्गको फिल्ममा देखिने शरीरका हड्डीबाट कहाँ कहाँ चोट लागेको छ र अवस्था कति गम्भीर छ भन्ने कुरा पत्ता लगाइन्छ । यस्तो एकदमै महत्त्वपूर्ण एक्स-रे आज हाम्रो जीवनमा अभिन्न हिस्सा बनिसकेको छ ।

१८ जनवरी १८९६ मा पहिलो पटक एक्स-रे मसिनले आधिकारिक रूपमा मानिसहरू माझ आएको थियो । तर यसको सुरुवात कसरी भयो भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ । आज हामी तपाईँलाई त्यस पछाडिको रोचक प्रसङ्ग बताउँदै छौँ ।

अञ्जानमा भएको थियो एक्स-रेको खोजः सन् १८९५ मा जर्मनीका वैज्ञानिक विलहेम रोइङ्गटन क्रुक्स ट्युबको सहयोगमा परीक्षण गरिरहेका थिए । यहाँनिर तपाईँलाई क्रुक्स ट्युब के हो भन्ने लागेको हुन सक्छ ।

क्रुक्स ट्युब वास्तवमा ग्यासमा अनुसन्धान गर्न प्रयोग गरिन्थ्यो । यो एक प्रकारको भ्याकुम सिल्ड काँचको ट्युब हो । जसबाट बिजुली वारपार गराउन सकिन्छ । यस्तोमा त्यसको रङ्ग परिवर्तन हुन्छ ।

यस्तोमा वैज्ञानिक विलहेमले आफ्नो क्रुक्स ट्युबाट कयौँ प्रकारका तरङ्ग पूरै ल्याबमा फैलिरहेको कुरा महसुस गर्छन् । यतिसम्म कि जब उनले क्रुक्स ट्युबलाई एक कार्डबोर्डले लुकाउने प्रयास गर्दा समेत ती किरण उक्त कार्डबोर्डबाट वारपार भइरहेका थिए ।

विलहेम यो सबै देखेर निकै हैरान भए र उनले यी किरणलाई एक्स-रेको नाम दिए । त्यसको कारण के थियो भने उनलाई ती किरणको नाम थाहा थिएन ।

विलहेम ले आफ्नो परीक्षणलाई एक कदम अगाडि बढाउँदै ती किरणलाई आफ्नी श्रीमतीको हात हुँदै पठाए । त्यसपछि जे भयो, त्यसलाई देखेर उनी तनावमा परे ।

उनी आफ्नी श्रीमतिको हातको छालाको भित्र देखिरहेका थिए । उनी आफ्नी श्रीमतीका हातका हड्डी र विवाहको औँठी देख्न सफल भए ।

यस्तो कार्य पहिलो पटक भइरहेको थियो, जहाँ कुनै मानिसको शरीर भित्र यसरी हेर्न सकिने कुरा सम्भव होस् । विलहेमले आफ्नो यो अनौठो खोजका लागि सन् १९०१ मा फिजिक्सको नोबेल पुरस्कार प्राप्त गरे ।

एक्स-रे तीव्र गतिमा विश्वभर फैलिन थाल्यो । कयौँ कम्पनीहरूले एक्स-रे बुथ लगाउन थाले । उपचारमा मात्र नभएर मानिसहरू जिज्ञासाको हिसाबले पनि शरीरको भित्री भाग हेर्ने कार्यका लागि एक्स-रे गराउन थाले ।

एक्स-रे प्रतिको मोह यतिसम्म बढ्यो कि जुत्ताको पसलमा समेत एक्स-रे गराएर मानिसहरू आफ्नो खुट्टा अनुसारका जुत्ता खरिद गर्न थाले । तर केही समयपछि यस किसिमको मोहमा कमी आयो, जब मानिसहरूलाई थाहा भयो कि धेरै एक्स-रे गराउँदा रेडियसनको खतरा हुन्छ ।

एक्स-रेको प्रयोग त्यसपछि आम रूपमा अस्पतालहरूमा वा सुरक्षा सम्बन्धी सेवाहरूमा देखिन थाल्यो । एक आँकडाका अनुसार वर्षेनी झण्डै २० अर्ब डलरभन्दा बढी मूल्यका एक्स-रे मसिन बिक्री हुने गर्दछन् ।  

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ १४:५२