close

यसरी हुँदैछ च्याट जीपीटीको दुरुपयोग

टेकपाना टेकपाना

माघ ९, २०७९ १५:२३

यसरी हुँदैछ च्याट जीपीटीको दुरुपयोग

काठमाडौँ । च्याटजीपीटीले समस्या निम्त्याउन थालेको छ । सार्वजनिक भएको दुई महिना नपुग्दै ओपनएआईको याे टुलको दुरुपयोग हुन थालेको हाे । मानिसकै शैलीमा विभिन्न प्रश्नको उत्तर दिनसक्ने क्षमता भएको याे टुलले समस्या निम्त्याएका घटना बाहिर आएका छन्  ।

हामीले यहाँ च्याटजीपीटीको दुरुपयोग हुनसक्ने छ ओटा कामका बारमा चर्चाको गरेका छौं ।

१. मालवेयर तयार पार्न

पछिल्लो समय इन्टरनेटमा मालवेयर फैलाउन च्याटजीपीटीको प्रयोग हुन थालेको छ ।

वास्तवमा मालवेयर कुनै नयाँ कुरा होइन । तर, च्याटजीपीटीलाई जसरी यो काममा प्रयोग गरिएको छ । त्यसले नकारात्मक असर निम्त्याउने जोखिम बढी छ ।

इन्फोसेक्युरिटी म्यागजिनका अनुसार अहिले च्याटजीपीटी मालवेयर फैलाउन ठूलो भूमिका खेलिरहेको छ । च्याटजीपीटीमा मालवेयरका लागि आवश्यक कोड तयार पार्न सक्ने भएपछि धेरैले यसको प्रयोग गर्न थालेका छन् ।

२. स्कुलमा चिट चोर्न

च्याटजीपीटीलाई विद्यार्थीले चिट चोर्नका लागि पनि प्रयोग गर्न थालेका छन् । जाँचमा विद्यार्थीले अत्याधिक च्याटजीपीटीको प्रयोग गर्न थालेपछि अमेरिकाका केही विद्यालयले विद्यालय प्राङ्गणमा च्याटजीपीटीमाथि नै प्रतिबन्ध लगाएका छन् ।

३) डेटिङ एपमा स्पाम फैलाउन

च्याटजीपीटी डेटिङ एपमा स्पाम फैलाउन पनि उत्तिकै प्रयोग हुन थालेको छ । टिन्डर जस्ता एपमा म्याच भएका व्यक्तिसँग कुरा गर्न च्याटजीपीटी प्रयोग भइरहेको छ ।

आफ्ना भावना पोख्न एआईको सहयोग लिनु डरलाग्दो अवस्था भएको विज्ञहरू बताउँछन् ।

४) लेखकको रोजगारी खोस्दै

च्याटजीपीटीलाई निर्देशन दिएकै भरमा आकर्षक लेखहरू लेखिदिन सक्छ । यही फिचरले गर्दा अहिले विश्वका धेरै लेखकहरू मारमा परेका छन् । ज्यासन कोलाविटो नाम भएका ट्वीटर प्रयोगकर्ता गुनासो गर्दै लेख्छन्, "मेरो एउटा क्लाइन्टले अबबाट उसको वेबसाइटमा कन्टेन्ट लेखिदिए वाफत शुल्क नतिर्ने बतायो ।

किनभने उसले निःशुल्क च्याटजीपीटीबाट लेख लेखेको थियो । तर, उसले मलाई लेख पुनर्लेखन गरे वाफत शुल्क दिने भनेको छ ।"

त्यसबाहेक च्याटजीपीटीले कपीराइटरको जागिर पनि खोसेको विज्ञहरूको अनुमान छ । यकिन तथ्याङ्क नभए पनि च्याटजीपीटी यस्ता काममा बढी प्रयोग हुन थालेको छ ।

५) फिशिङ र स्क्यामिङ

च्याटजीपीटी कसरी फिसिङ र स्क्यामिङमा प्रयोग भएको छ भन्ने पुस्टि गर्न केही गाह्रो छ । तर, च्याटजीपीटी जस्तै एआई टुल भने फिसिङका लागि निकै उपयुक्त मानिन्छ ।

स्क्यामरले पठाउने फिसिङ मेसेजमा प्रायः वाक्य तथा भाषा मिलेको हुँदैन । च्याटजीपीटीले आधिकारिक व्यक्तिले जस्तै जवाफ तयार पार्न सक्ने भइकाले फिशिङमा यसको प्रयोग बढ्दो छ ।

६) रोजगारदातालाई उपयुक्त कामदार खोज्न सकस

रोजगार पाउनका लागि आवेदन दिन मानिसहरूले धेरै संघर्ष गरेका हुन्छन् । जागिरको आवेदन दिँदा निवेदन सबैभन्दा प्रमुख आकर्षणका रूपमा लिइन्छ । तर, यता च्याटजीपीटीको प्रयोग बढ्न थालेको छ । एक कम्पनीले गरेको अनुसन्धानमा ८० प्रतिशत बढी मानिसहरूभन्दा च्याटजीपीटीले लेखेका चिठीहरू बढी आकर्षक भएको खुलेको थियो ।

यसले गर्दा रोजगार दिनेहरूलाई सही मान्छे फेला पार्न सकस पर्ने विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ ११:२८