close

च्याटजीपीटीको मोबाइल एप छ कि छैन ?

टेकपाना टेकपाना

माघ १२, २०७९ १२:४३

च्याटजीपीटीको मोबाइल एप छ कि छैन ?

काठमाडौँ । ओपनएआईले तयार पारेको च्याटजीपीटीले मानिसकै शैलीमा विभिन्न जटिल प्रश्नका उत्तर दिन सक्ने क्षमता राख्छ । 

एआई प्रविधिमा आधारित यो टुलको लोकप्रियता विश्वव्यापी रूपमा बढ्दो छ । यसको लोकप्रियता बढैसँगै मानिसहरूले मोबाइल एपमा पनि यसलाइ खोज्न थालेका छन् । धेरै मानिसहरूमा च्याटजीपीटी मोबाइल एपमा छ वा छैन भन्ने जिज्ञासा छ ।

प्ले स्टोर अथवा एप स्टोरमा हेर्ने हो भने च्याटजीपीटीको नाममा धेरै एपहरू देख्न सकिन्छ । तर वास्तविकता भने फरक छ । च्याटजीपीटीमा पहुँच पाउन कम्पनीले उपलब्ध गराएको लिङ्क नै प्रयोग गर्नुपर्ने हुन्छ ।

केही डेभलपरले च्याटजीपीटीलाई आफ्नो एपमा पनि समावेश गरेका छन् । तर, ओपन एआईले भने च्याटजीपीटीको कुनै आधिकारिक मोबाइल एप उपलब्ध गराएको छैन । 

प्ले स्टोर वा एप स्टोरमा च्याटजीपीटी शैलीका विभिन्न एपहरू छन् । तर, तीमध्ये कुनै पनि एप ओपन एआईले तयार पारेको होइन ।

इन्टरनेटमा उपलब्ध त्यस्ता केही एप खरिद गर्नुपर्ने हुन्छ भने कतिपयमा अनावश्यक विज्ञापनले हैरान पार्छन् । साथै सबैबाट भरपर्दो उत्तर पाउन भने सकिँदैन ।

अनाधिकारिक एप प्रयोग गर्दा धेरै जोखिमको सामना गर्नुपर्ने हुनसक्छ । विशेषगरी डेटा चोरी, भाइरस वा मालवेयर आक्रमण आदिबाट डिभाइस सङ्क्रमित हुन सक्छ ।

कम्पनीले हालसम्म एप ल्याउने तयारी भने गरेको छैन । विभिन्न सञ्चार माध्यमले च्याटजीपीटी माइक्रोसफ्टको सर्च इन्जिन बिङमा इन्ट्रिगेट हुने उल्लेख गरेका छन् ।

कसरी प्रयोग गर्न सकिन्छ च्याटजीपीटी ?

-  सबैभन्दा पहिले यहाँ क्लिक गरेर च्याट जीपीटीको साइटमा जानुहोस् ।

-  त्यसपछि साइनअपको अप्सनमा क्लिक गर्नुहोस् ।

-  त्यसपछि गुगल अकाउन्ट वा माइक्रोसफ्ट अकाउन्टमध्ये एक छान्नुहोस् । हामी यहाँ गुगल अकाउन्टबाट साइनअप गर्न लागिरहेका छौं । 

- अनि आफूले लगइन गर्न चाहेको अकाउन्ट छान्नुहोस् । आफ्नो नाम र थर राखेर  ‘कन्टिन्यु’ अप्सनमा क्लिक गर्नुहोस् ।

-  यति गरेपछि आफ्नो फोन नम्बर राखेर सेन्ड कोडमा क्लिक गर्नुपर्ने हुन्छ ।

-  फोनको एसएमएसमा आएको कोडलाई त्यहाँ रहेको इन्टर कोडको बक्समा टाइप गर्नुहोस् ।

-  यति गर्नुभयो भने तपाईँको अकाउन्ट तयार हुन्छ ।

-  यति गर्नुभयो भने अन्तिममा च्याट बक्स जस्तो अप्सन देखिन्छ । त्यसमा आफ्ना प्रश्न राखेर सेन्डको अप्सनमा क्लिक गरेर प्रश्न सोध्न सक्नुहुन्छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १३:१२