close

अडियोमा भएको ब्याकग्राउन्ड नोइज हटाउनु पर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ १२, २०७९ १७:४३

अडियोमा भएको ब्याकग्राउन्ड नोइज हटाउनु पर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । अहिले हामी हाम्रै फोनबाट स्तरीय अडयो रेकर्ड गर्न सक्छौं । तर, फोनबाट रेकर्ड गरिएको साउन्डमा ब्याकग्राउन्ड नोइज अर्थात् पृष्ठभूमिको अनावश्यक आवाज आइरहेको हुन्छ, जसले उक्त अडियोको स्तर घटाइदिएको हुन्छ ।

आज हामी कुनै पनि अडियोबाट सजिलै ब्याकग्राउन्ड नोइज हटाउन सिकाउँदै छौं । त्यसका लागि सबैभन्दा पहिले एमपीथ्री (MP3) वा डब्लुएभी (WAV) फर्म्याटको अडियो फाइल छान्नुहोस् । त्यसपछि तलको प्रक्रिया अपनाउनुहोस् । 

 यहाँ क्लिक गरेर एडोबी पोडकास्टको साइटमा जानुहोस् ।

 

-   अनि 'गेट स्टार्टेड'को बक्समा रहेको 'साइन अप' बटनमा क्लिक गर्नुहोस् ।

-   त्यसपछि माथि रहेको गुगल फेसबुक वा एप्पलमध्ये आफूलाई उपयुक्त लागेको एउटा आइकन छान्नुहोस् । 

-   आफ्नो जीमेल अकाउन्ट छान्नुहोस् । यति गरेपछि एडोबीको टर्म्स एण्ड कन्डिसनको पेज खुल्छ । अन्तिममा रहेको 'एसेप्ट एण्ड कन्टिन्यु'को अप्सनमा क्लिक गर्नुहोस् ।

 

यसरी तपाईँको अकाउन्ट बनिसकेपछि अडियोको ब्याकग्राउन्ट हटाउन सकिने पेज खुल्छ ।

-   तल रहेको ड्रयाग एण्ड ड्रोपको अप्सनभन्दा तल अपलोडको बटनमा क्लिक गर्नुहोस् ।

-   अनि, आफूले ब्याकग्राउन्ड न्वाइज हटाउनुपर्ने साउन्डको फाइल छान्नुहोस् ।

-   अब, अडियोको ब्याकग्राउन्ड नोइज हट्ने प्रक्रिया सुरु हुन्छ ।

-   र, अन्तिममा डाउनलोडको अप्सनमा क्लिक गरेर अडियो फाइल डाउनलोड गर्नुहोस् । 

 

 


 

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १७:४३