close

च्याटजीपीटीको प्रो भर्सन सार्वजनिक, मासिक २० डलर तिर्नुपर्ने

टेकपाना टेकपाना

माघ १९, २०७९ १२:२

च्याटजीपीटीको प्रो भर्सन सार्वजनिक, मासिक २० डलर तिर्नुपर्ने

काठमाडौँ । ओपनएआईले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको च्याटजीपीटी टुलको सशुल्क भर्सन सार्वजनिक गरेको छ । याे प्रिमियम टुल प्रयोग गर्न मासिक २० डलर (करिब दुई हजार ६०० रुपैयाँ) शुल्क तिर्नुपर्ने छ ।

ओपनएआईका अनुसार 'च्याटजीपीटी प्लस' नाम दिइएको यो सब्स्क्रिप्सन प्लान पहिलाे चरणमा अमेरिकी प्रयाेगकर्ताका लागि खुला गरिएकाे छ । यसमा थप विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ ।

विशेषगरी 'पिक आवर' (धेरै ट्राफिक भएकाे बेला)मा च्याटजीपीटीले कुनै जवाफ दिँदैन । त्यस्तो अवस्थामा च्याटजीपीटी प्लसका प्रयोगकर्ताले सहजै आफूले खोजेका जवाफ पाउन सक्नेछन् ।

त्यस्तै च्याटजीपीटीमा जे जति नयाँ फिचरहरू आउँछन्, सब्स्क्रिप्सन लिने ग्राहकले ती फिचर सबैभन्दा पहिले नै अनुभव गर्न पाउनेछन् । कम्पनीले अहिले यो सेवा अमेरिकामा मात्र सार्वजनिक गरेको भए पनि विस्तारै अन्य देशमा विस्तार गर्ने योजना बनाएको छ ।

नयाँ सब्स्क्रिप्सन मोडेलले निःशुल्क प्रयोग गरिरहेका च्याटजीपीटी प्रयोगकर्तालाई भने कुनै असर नगर्ने कम्पनीले जनाएको छ ।

छिटो, सहज र भनेकै समयमा जवाफ पाउन चाहने व्यक्तिले यो सब्स्क्रिप्सन प्लान खरिद गर्न सक्नेछन् । ओपन एआईले च्याटजीपीटी प्लस प्रयोग गर्न इच्छुक प्रयोगकर्ताका लागि 'वेटलिस्ट' सार्वजनिक गरेको छ । यसमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ १२:२२