काठमाडौँ । नेपाली बजारमा भिभोले केही स्मार्टफोन मोडेलको मूल्य कटौती गरेको छ । कम्पनीले 'भिभो २३ई', 'वाई ५३एस', 'वाई २० एस' र 'वाई १५सी' स्मार्टफोनको मूल्य घटाएको हो ।
भिभो २३ई को मूल्य पाँच हजार रुपैयाँले घटेको छ । यसअन्तर्गत ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको फोन ३६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । त्यस्तै ६ जीबी र्याम र २५६ जीबी र्याम भेरियन्टको फोन ४१ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
कम्पनीले ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज भएको 'वाई ५३एस' स्मार्टफोनको मूल्य चार हजार रुपैयाँले घटाएको छ । अब यो फोनको मूल्य ३० हजार ९९९ रूपैयाँमा खरिद गर्न सकिनेछ ।
त्यस्तै भिभो वाई २० एस स्मार्टफोनको मूल्य दुई हजारले घटाइएको छ । यो फोन अब २३ हजार ४९९ रुपैयाँमा किन्न सकिन्छ ।
त्यस्तै ३ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज भएको वाई१५ सीमा तीन हजार रुपैयाँले मूल्य घटाइएको छ । यो फोन १४ हजार ९९९ मा किन्न सकिन्छ ।