close

'पिक आवर'मा अब सेवाप्रदायकले कम्तीमा पनि २५ प्रतिशत गतिमा इन्टरनेट दिनुपर्ने

टेकपाना टेकपाना

माघ २०, २०७९ २०:१८

'पिक आवर'मा अब सेवाप्रदायकले कम्तीमा पनि २५ प्रतिशत गतिमा इन्टरनेट दिनुपर्ने

काठमाडौँ । अब इन्टरनेट सेवाप्रदायकले 'पिक आवर'को समयमा तोकिएको स्पिडभन्दा २५ प्रतिशत कम गतिको इन्टरनेट दिन नपाउने भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले यसबारे निर्णय गरेको हो ।

बोर्डले 'दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३' परिमार्जन गर्ने निर्णय गरेकाे प्राधिकरण स्राेतले जनायाे । यसअन्तर्गत सेवाप्रदायकले 'पिक आवर' अर्थात् इन्टरनेट अत्याधिक खपत हुने समयमा पनि कम्तीमा २५ प्रतिशत गति वा सोभन्दा बढी हुनुपर्ने व्यवस्था गरेकाे हाे ।

सेवाप्रदायकले ग्राहकलाई उपलब्ध गराउने प्रत्येक योजनामा यस्तो व्यवस्था लागू हुने बताइएकाे छ ।

''यो व्यवस्थाअनुसार यदि ग्राहकले १०० एमबीपीएस इन्टरनेट गतिको प्याकेज खरिद गरेको छ भने 'पिक आवर'को समयमा कम्तीमा २५ एमबीपीएस गतिको इन्टरनेट पाउनुपर्छ,'' प्राधिकरणका एक अधिकारीले टेकपानासँग भने ।

इन्टरनेटमा उच्च ट्राफिक हुँदा सेवाप्रदायकको नेटवर्क नचल्ने वा तोकिएको स्पिडमा इन्टरनेट दिन नसकेको गुनासो आइरहेको बेला दूरसञ्चार प्राधिकरणकाे बाेर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ २०:१८