close

देशका १४ स्थानीय तहमा छैन फोरजीकाे नामोनिसान

टेकपाना टेकपाना

माघ २२, २०७९ १९:५१

देशका १४ स्थानीय तहमा छैन फोरजीकाे नामोनिसान

काठमाडाै‌ं । अझै पनि देशका १४ स्थानीय तह फोरजी सेवाको पहुँच भन्दा बाहिर रहेकाे पाइएकाे छ । नेपाल टेलिकमको १९ औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले फोरजी विस्तारबारे जानकारी दिएका थिए ।

पाैडेलका अनुसार हालसम्म देशभर ७७ जिल्लाका  ७ सय ३९ स्थानीय तहमा फोरजीको पहुँच पुगिसकेकाे छ । यसकाे अर्थ अझै पनि १४ स्थानीय तहमा फोरजी सेवा पुग्न सकेकाे छैन । 

कम्पनीका अनुसार हालसम्म फोरजी परियोजनाको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । 

कम्पनीका अनुसार फोरजी/एलटीई नेटवर्क विस्तारसँगै डेटा खपत उल्लेखनीय मात्रामा वृद्धि भएको छ ।  

टेलिकमले देशव्यापी रूपमा ई-सिमको वितरण समेत थालेको छ । त्यस्तै डेटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडव्याण्ड सेवा समेत उपलब्ध गराउन थालिएको पाैडेलले जानकारी दिए । 

उनका अनुसार देशका अधिकांश स्थानमा फोरजी/एलटीई सेवा विस्तार भएसँगै भोल्टेको प्रयोग समेत उल्लेख्य वृद्धि भएको छ । यसका साथै व्यावसायिक रुपमा वाईफाईमा आधारित भ्वाइस सेवा सञ्चालनमा ल्याउने तयारी स्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको समेत पौडेलले बताए । 

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ १९:५१