close

डिल्लीराम विरुद्ध करिश्मा मानन्धरले दिइन् साइबर ब्यूरोमा उजुरी

टेकपाना टेकपाना

माघ २५, २०७९ १६:१

डिल्लीराम विरुद्ध करिश्मा मानन्धरले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौँ । नेकपा (एमाले)की नेतृ एवम् नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफूलाई मानहानी गरेको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

युट्युबमा विभिन्न विषयमा अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले हालै करिश्मा र रवि लामिछानेमाथि लक्षित गर्दै एक टिप्पणी गरेका थिए । यसपछि यो भिडिओ सामग्री अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा भाइरल बनिरहेको छ ।

''हामीकहाँ करिश्मा मानन्धरले उजुरी दर्ता गर्नुभएको छ, यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेकाे छ,'' उनले भने । 

बुधबार फेसबुकमा एक पोस्ट गर्दै उनले भनेकी छन्, ''उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ । हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु । हेरौँ नेपालको कानून कत्तिको बलियो रहेछ । प्रेम दाइ भन्नुुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?? म हिन्दु हुँ । यो विचारलाई नै विश्वास न गर्ने व्यक्ति हुँ । यो अति भयो । म मेरो संसारमा खुसी छु ।''

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ १६:७