close

ब्रोडवे इन्फोसिसले सुरु गर्‍यो 'डिजिटल मार्केटिङ ३६०' कोर्ष

टेकपाना टेकपाना

माघ २७, २०७९ १२:३०

ब्रोडवे इन्फोसिसले सुरु गर्‍यो 'डिजिटल मार्केटिङ ३६०' कोर्ष

काठमाडौं । ब्रोडवे इन्फोसिसले नयाँ कोर्ष 'डिजिटल मार्केटिङ ३६०' थप गरेको छ । सूचना प्रविधिको क्षेत्रमा विभिन्न विषयहरू पढाइ हुँदै आएकोमा ब्रोडवेले डिजिटल मार्केटिङको नयाँ कोर्ष पनि थप गरेको हो । 

डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेका अथवा काम गर्न इच्छुकहरूलाई सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले यो कोर्ष थप गरिएको कम्पनीले जनाएको छ । 

यस कोर्ष अन्तर्गत विद्यार्थीहरूले डिजिटल मार्केटिङसँग सम्बन्धित विभिन्न विषयहरू जस्तै सामाजिक सञ्जालमा पैसा तिरेर सामग्री प्रमोट गर्ने किन नगर्ने, सामाजिक सञ्जाल मार्फत कसरी मार्केटिङ गर्न सकिन्छ, इमेल मार्फत गरिने मार्केटिङ, मिडिया व्यवस्थापन, युजर एक्सपेरियन्स तथा डिजाइन, क्लाइन्ट स्ट्राटिजि, डेटा एनलिटिक्स लगायत अन्य मार्केटिङ टुलहरूको बारेमा प्रशिक्षण दिइनेछ । 
           
 

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ १२:३१