close

बैंकहरूले गुनासो सुन्ने मोबाइल नम्बर वेबसाइटको होमपेजमै राख्नुपर्ने, २४ सै घण्टा कल सेन्टर

टेकपाना टेकपाना

माघ २७, २०७९ १२:४१

बैंकहरूले गुनासो सुन्ने मोबाइल नम्बर वेबसाइटको होमपेजमै राख्नुपर्ने, २४ सै घण्टा कल सेन्टर

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरूले सेवाग्राहीको गुनासो सुन्ने अधिकारीको नाम, पद, फोन नम्बर, मोबाइल नम्बर र ईमेल आईडी वेबसाइटको होमपेजमा राख्नुपर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थालाई बिहीबार जारी गरिएको एकीकृत निर्देशनमार्फत नेपाल राष्ट्र बैंकले  यस्तो व्यवस्था गरेको हो । सेवाग्राहीलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनवाई गर्न बैंक तथा वित्तीय संस्थाहरूले 'सूचना तथा गुनासो सुनवाई डेस्क' स्थापना गरी कम्तिमा वरिष्ठ व्यवस्थापक मध्ये वा सो भन्दा माथिको अधिकारीलाई गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने हुन्छ ।

यसका साथै ग्राहकको गुनासो सुन्न आफ्नो वेबसाइटमा अनलाइन पोर्टलको व्यवस्था गर्नुपर्ने र त्यसको लिङ्क समेत वेबसाइटको होमपेजमा राख्नुपर्ने नयाँ प्रावधान राखिएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवा सम्बन्धी जानकारीका लागि सातै दिन २४ सै घण्टा कल सेन्टरको व्यवस्था र अडिओ नोटिस बोर्डको समेत व्यवस्था गर्नुपर्ने नयाँ व्यवस्था निर्देशनमा थप गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ १२:४१