close

कर्मचारी व्यवस्थापनका लागि प्रिक्साको एचआरएम सफ्टवेयर, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

फागुन १९, २०७९ ११:२४

कर्मचारी व्यवस्थापनका लागि प्रिक्साको एचआरएम सफ्टवेयर, यस्ता छन् विशेषता

काठमाडौं । प्रिक्सा टेक्नोलोजीले क्लाउडमा आधारित मानव संसाधन व्यवस्थापन (ह्युमन रिसोर्स म्यानेजमेन्ट) सफ्टवेयर 'पोमेलो एचआरएम' सार्वजनिक गरेको छ । 

कम्पनीले आफ्नो वार्षिकउत्सवको अवसर पारेर सार्वजनिक गरेको यो एचआर म्यानेजमेन्ट सफ्टवेयर साना तथा ठूला सबै प्रकारका कम्पनीहरुले प्रयोग गर्न सक्ने प्रिक्साको भनाइ छ । 

कम्पनीका व्यापार प्रबन्धक प्रमुख राजन काफ्लेका अनुसार पोमेलो एचआरएमएस एउटा यस्तो प्लेटफर्म हो जसले मानव संसाधन प्रक्रियालाई व्यवस्थित गर्न र मानव संसाधन सम्बन्धी सम्पूर्ण डेटालाई एकीकृत र व्यवस्थापन गर्न मद्दत गर्दछ । 

यस सफ्टवेयरमा कर्मचारीले लिएको छुट्टी, कर्मचारीको उपस्थितिको विवरण रेकर्ड गर्ने, जीपीएस ट्रयाकिङ र पेरोल प्रणाली जस्ता सुविधाहरू समावेश गरिएको छ । 

साथै सफ्टवेयरमा ठूलो संख्यामा भएका कर्मचारीको तलब व्यवस्थापन गर्ने सुविधा पनि रहेको छ । कर्मचारीको काम गरेको समयका आधारमा भुक्तानी निर्धारण गरी तलब व्यवस्थापन गर्ने सुविधाले कम्पनीहरूलाई सहज हुने उनको भनाइ छ ।   

त्यस्तै यसमा समाचार विजेटहरू, मौसम विजेटहरू, र आगामी योजनाहरूलाई व्यवस्थापन गर्न सकिने सुविधाहरू पनि उपलब्ध रहेको उनले बताए ।

पोमेलो विभाग प्रमुख अन्जेलिका शाहले यस सफ्टवेयरले प्रशासनिक कार्यभार कम गर्न, त्रुटीहरू कम गर्न, मानव संसाधन प्रक्रियाहरू व्यवस्थित गर्न र समग्र रुपमा कार्य दक्षता सुधार गर्न सहयोग गर्ने बताइन् ।  

पछिल्लो अध्यावधिक: फागुन १९, २०७९ ११:२४