close

फोटो आकर्षक बनाउने नाममा राष्ट्रपतिको पूरै अनुहार परिवर्तन !

टेकपाना टेकपाना

फागुन २९, २०७९ २१:१८

फोटो आकर्षक बनाउने नाममा राष्ट्रपतिको पूरै अनुहार परिवर्तन !

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार गाेपनीयता सपथ तथा पदभार ग्रहण गरेसँगै राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइट अपडेट गरिएको छ । तर, अपडेट गरिएको वेबसाइटमा राखिएको नवनिर्वाचित राष्ट्रपतिको फोटो भने चिनिनसक्नुको छ ।

आकर्षक बनाउने नाममा अनुहार धेरै एडिट गरिएकाे फाेटाे अपलाेड गरिएकाे छ । वास्तविक अनुहार र एडिट गरिएको अनुहारमा धेरै भिन्नता देख्न सकिन्छ । राष्ट्रपति पौडेलको अनुहारको दायाँ र बायाँपट्टि दुवैमा प्रस्ट देखिने कोठी छ । त्यसबाहेक पनि उनको अनुहारमा उनलाई चिनाउने विभिन्न संकेत छन् ।

वेबसाइटमा राखिएको फोटोमा भने ती सबै संकेत हटाएर अनुहार चमक बनाउने प्रयास गरिएकाे छ । अनुहार एडिट गर्नु एउटा कुरा, तर सम्पूर्ण हुलिया नै परिवर्तन गर्नु गलत भएको तर्क गर्न थालिएकाे छ । राष्ट्र प्रमुखकै फोटो यसरी आधिकारिक वेबसाइटबाट राख्दा भ्रम फैलन सक्ने मत पनि आएका छन् ।

उच्च ओहदाका व्यक्तिको फोटोले नै उनीहरूको प्रतिनिधित्व गर्ने भएकाले वास्तविकतामा व्यक्ति जस्तो छ, फोटो पनि उस्तै राख्नुपर्ने सुझाव उनीहरूले दिएका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ २१:२५