close

टेलिकमको भोल्टे सेवामा समस्या हुँदा प्रयोगकर्ता प्रभावित

टेकपाना टेकपाना

चैत ८, २०७९ १०:५८

टेलिकमको भोल्टे सेवामा समस्या हुँदा प्रयोगकर्ता प्रभावित

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको भोल्टे(भीओएलटीई) सेवामा समस्या देखिएको छ । फोरजी एलटीई प्रविधिमै एचडी भ्वाइस तथा भिडिओ कल गर्न सकिने गरी ल्याइएको सेवामा समस्या देखिँदा यसबाट केही प्रयोगकर्ता प्रभावित भएका हुन् । 

कम्पनीले गत जेठ ३ गते भीओएलटीई सेवाको परीक्षण सञ्चालनमा ल्याएको थियो । हाल यो सेवा लिने सेवाग्राही लाखौँको संख्यामा रहेका छन् । यस्तोमा भोल्टे सेवा लिने प्रयोगकर्ता यसबाट प्रभावित भएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताएका छन् । 

अधिकारी अनुसार यो समस्या बुधबार बिहान देखि देखिएको हो । ‘फोरजी, थ्रीजी, टुजी लगाएतका सेवामा कुनै समस्या छैन,’ उनले भने, ‘भोल्टे एक्टीभ गर्ने प्रयोगकर्ताले मात्र नेटवर्कमा समस्या हुँदा फोन नलाग्ने लगाएका समस्या देखिएको हो ।’

यसको समाधानका लागि काम भइरहेको र अबको केही समय पश्चात समस्या समाधान हुने उनले जानकारी दिएका छन् । नेपाल

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १०:५८