close

सामसङका दुई फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी ए३४’ र ‘ग्यालेक्सी ए५४’ नेपाली बजारमा आउँदै

टेकपाना टेकपाना

चैत ९, २०७९ १३:५४

सामसङका दुई फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी ए३४’ र ‘ग्यालेक्सी ए५४’ नेपाली बजारमा आउँदै

काठमाडौं । नेपाली बजारमा सामसङले दुई नयाँ फाइभजी स्मार्टफोन भित्र्याउने तयारी गरेको छ । कम्पनीले ग्यालेक्सी ए३४ र ग्यालेक्सी ए५४ फाइभजी स्मार्टफोन नेपाली उपभोक्ताका लागि ल्याउन लागेको हो ।

ग्यालेक्सी ए३४ मा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । त्यस्तै ग्यालेक्सी ए५४ मा ५ मेगापिक्सेलको म्याक्रो लेन्ससहित ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । दुवै फोनमा ८ मेगापिक्सेलको अल्टा वाइड एङ्गल लेन्स छ ।

दुवै फोनलाई १२० हर्जको रिफ्रेस रेटमा अपग्रेड गरिएकाले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत प्रयोगकर्ता खुसी हुने कम्पनीको विश्वास छ ।

पानी र धुलो प्रतिरोधक आइपी६७, कोर्निङ गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन र सामसङको सिग्नेचर नक्स सेक्युरिटीका साथ चाँडै उपलब्ध हुने बताइएकाे फोनको नेपाली मूल्य भने खुलाइएको छैन ।

साथै यी फोनमा पाँच वर्षको सेक्युरिटी अपडेट र चार वर्षको ओएस अपग्रेडको ग्यारेन्टी पनि दिइएको छ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १३:५४