close

नेपाल टेलिकमले फेरि गुमायो इन्टरनेट ग्राहक

टेकपाना टेकपाना

चैत १२, २०७९ १३:३२

नेपाल टेलिकमले फेरि गुमायो इन्टरनेट ग्राहक

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेट ग्राहक गुमाउने क्रम रोकिएको छैन । कम्पनीले पछिल्लो समय मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै तीन हजार ३२९ जना ग्राहक गुमाएको हो ।

अन्य कम्पनीहरूले भने यस अवधिमा ग्राहक बढाएका छन्, पछिल्लो एक महिनामा कूल ४७ हजार ७९७ ग्राहक थपिएसँगै नेपालमा कूल इन्टरनेट ग्राहकको सङ्ख्या २५ लाख ३० हजार ९७६ पुगेको छ । एक महिनाको अवधिमा सबैभन्दा धेरै नयाँ ग्राहक बनाउनेमा वर्ल्डलिङ्क सबैभन्दा अगाडि छ ।

कम्पनीले १२ हजार ६२३ नयाँ ग्राहक बनाएको छ भने दोस्रो धेरै ग्राहक बनाउने डिशहोमले १२ हजार ४४५ ले बढाएको छ ।

त्यसपछि क्रमशः वेबसर्फरले ११ हजार २१९, भायानेटले चार हजार ८१२, क्लासिक टेकले तीन हजार ७३३, सीजीले १९९० र अन्यले दुई हजार पाँच नयाँ ग्राहक थपेका छन् । पछिल्लो एक वर्षको अवधिमा कूल २३ हजार ४१८ जना ग्राहकले टेलिकम छोडेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १३:३२