close

यस्ता छन् अनलाइनमा पढ्न र सिक्न सकिने नेपालका २५ विकल्प

सञ्जीवन राई सञ्जीवन राई

चैत २६, २०७९ १६:४७

यस्ता छन् अनलाइनमा पढ्न र सिक्न सकिने नेपालका २५ विकल्प

काठमाडौं । गुरूकुल हुँदै हाम्रो सिक्षण सिकाइ पद्दति अहिले डिजिटलमा आइपुगेको छ । कोरोना महामारीपछि शिक्षा क्षेत्रमा ‘अनलाइन लर्निङ’ माध्यम निकै चर्चामा रहे ।

त्यसयता नेपाल खुल्ला विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विद्यालय तथा कलेजहरूले नेपालमा अनलाइन माध्यममार्फत अध्यापन गराइरहेका छन् । अनलाइन कक्षा सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले ‘विद्युतीय माध्यमबाट कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ नै जारी गरेको छ ।

त्यस्तै विभिन्न सीप सिकाउन, परीक्षाको तयारी गराउन केही निजी कम्पनीहरूले आफ्नै अनलाइन प्लेटफर्म बनाएका छन् । सूचना प्रविधि (आईटी) विषय अध्ययन गरिरहेका विद्यार्थीले बनाउने परियोजना होस् वा कर्पोरेट हाउसहरूकै संलग्नतामा किन नहुन्, अहिले अनलाइन सिकाइ नयाँ व्यवसायको रुपमा अगाडि बढ्दैछ । 

नेपाल सरकार, विभिन्न गैरसरकारी संस्था समेत यो क्षेत्रमा सामेल छन् । यसरी नेपालमा हरेक वर्ष शिक्षण प्रविधिको क्षेत्रमा नयाँ नयाँ माध्यम प्रयोग तथा परीक्षणमा आउन थालेका छन् ।

तर नेपालमा ठ्याक्कै कति अनलाइन लर्निङ प्लेटफर्म छन् भन्ने यकिन तथ्याङ्क भने छैन । आज हामी बजारमा उपलब्ध नेपाली अनलाइन लर्निङ प्लेटफर्मको विषयमा चर्चा गर्दै छौं । 

 

अनलाइन क्लास

कतिपयले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन् । यस प्रकारका माध्यमले भौतिक कक्षालाई नै अनलाइनमा रूपान्तरण गरेका मात्र हुन् । यस किसिमको शैलीमा शिक्षक कुनै एक स्थानमा बसेर पढाउँछन् र अर्को स्थानमा रहेका विद्यार्थीहरूले भर्चुअल उक्त कक्षामा सहभागी हुन्छन् ।

नेपालमा सञ्चालित धेरैजसो ईलर्निङ अर्थात अनलाइन शिक्षण सिकाइ यसैगरी भइरहेका छन् । 

 

मेन्टीमा प्रोग्रामिङ ल्याङवेज लगायतका कोर्ष उपलब्ध छन् । तपाईंले यहाँ आफ्नो कोर्ष पनि बिक्री गर्न सक्नुहुन्छ । तर अहिले कम्पनीले आफ्नो प्लेटफर्मको बेटा भर्सन मात्र सार्वजनिक गरेको छ ।

 

भुरिलोमा समय समयमा विभिन्न अनलाइन कक्षाहरू भइरहेका हुन्छन् । त्यस्तै शैक्षिक संस्थाहरूले आफ्नो अनलाइन कक्षाका लागि पनि यो फ्लेटफर्मलाई प्रयोग गर्न सक्छन् । त्यस बाहेक अन्य जो कसैले पनि यसको प्रयोग गरी अध्यापन गराउन सक्छन् ।

 

नोट प्रदायक

यस्ता प्लेटफर्महरूले कुनै निश्चित विषयको नोटलाई वेबसाइट वा एपमा उपलब्ध गराउँछन् । प्राय: यस प्रकारका माध्यमहरू विद्यार्थीहरूले आफ्नो कलेज प्रोजेक्टको रुपमा बनाइरहेका हुन्छन् ।

कतिपयले भने नोटमा भएका कुनै कुरा नबुझेको खण्डमा शिक्षकहरूलाई सोध्न सकिने फिचर पनि थपेका छन् । त्यस्तै कुनै कुनैमा प्रयोगकर्ता स्वयंले नोट थप गर्न सक्ने व्यवस्था पनि गरिएको छ । 

 

कुल ल्याब्समा कक्षा ६ देखि १२ सम्मको विभिन्न विषयका नोट पाउन सकिन्छ । ती सबै नोटमा निःशुल्क रुपमा उपलब्ध छन् ।

 

यो प्लेटफर्मले ठ्याक्कै नोट नै त उपलब्ध गराउँदैन । तर यसले विभिन्न परीक्षामा आउन सक्ने सम्भावित बहुवैकल्पिक प्रश्नहरूको हल गर्न सघाउँछ । 

अनलाइन कोर्ष

पहिल्यै रेकर्ड गरेका भिडिओलाई वेबसाइट वा एपमा राखेर यस प्रकारका ईलर्निङ प्लेटफर्म तयार पारिएका हुन्छन् । निर्माताले ती भिडिओ विद्यार्थीलाई बिक्री गर्छन् । नेपालमा यस्ता थुप्रै माध्यम रहेका छन् । 

 

यो प्लेटफर्मबाट बीबीए, बीबीएस जस्ता विषय कोर्षमा सशुल्क पहुँच पाउन सकिन्छ । त्यससँगै ग्राफिक डिजाइनिङका कोर्षहरू पनि यहाँ राखिएका छन् । तर अहिले यो बेटा भर्सनमा सञ्चालित छ ।

 

यसमा प्रोग्रामिङ ल्याङ्वेज, इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा लगायतका कोर्ष सशुल्क उपलब्ध छन् । अहिले यसको पनि पनि बेटा भर्सन मात्र तयार छ । 

 

प्रोग्रामिजले कम्प्युटर प्रोग्रामिङ सम्बन्धी कोर्षहरू उपलब्ध गराउँछ । यसमा सी, सी++, पाइथन, जाभा लगायत विभिन्न प्रोग्रामिङ ल्याङ्वेजका कोर्षहरू पाउन सकिन्छ । 

 

४ कक्षादेखि ११ कक्षा सम्मका विभिन्न विषयहरूको भिडिओ सामग्री डियरवाक लर्निङ सेन्टरमा पाउन सकिन्छ । वेबसाइटबाट सजिलै ती भिडिओमा पहुँच पाउन सकिने व्यवस्था मिलाइएको छ । 

हाम्रो पात्रो र डियरवाक इन्स्टिच्युट मिलेर यो माध्यम बनाएका हुन् । तर अहिले यसमा सीमित सामग्री मात्र राखिएको छ ।

 

लोकसेवा आयोगले लिने विभिन्न प्रवेश परीक्षा र इन्जिनियरिङ लगायतका अन्य प्रवेश परीक्षाको तयारी गराउने उद्देश्यले ओटिश तयार पारिएको हो । यसमा सशुल्क कोर्षहरू राखिएका छन् । तर केही निश्चित कोर्ष वा परीक्षा भने निःशुल्क गरिएका छन् । 

 

एडुसफ्ट एकेडेमीले पनि लोकसेवा आयोगले लिने प्रवेश परीक्षा, कक्षा ११ र १२ का विभिन्न विषयको कोर्ष, विभिन्न प्रवेश परीक्षाका कोर्ष उपलब्ध गराउँछ । यसले लाइभ कक्षा समेत सञ्चालन गर्ने गरेको छ । 

 

डिजिटल गोर्खामा डिजिटल मार्केटिङ, सोसल मिडिया मार्केटिङ, वर्डप्रेस लगायतका विभिन्न कोर्ष सञ्चालन भइरहेका हुन्छन् । त्यस्तै कम्पनीले थुप्रै निःशुल्क कोर्षहरू पनि उपलब्ध गराएको छ ।

 

विभिन्न शिक्षकहरूले सिकुम्‌नको वेबसाइटका लागि डिजाइन, लोगो डिजाइन, भिडिओ एडिटिङ जस्ता सशुल्क कोर्षहरू तयार पारेका छन् । यसमा तपाईंले समेत आफ्नो कोर्ष बिक्री गर्न सक्नुहुन्छ ।  

 

नेपाल अनलाइन स्टडी  एक अफलाइन लर्निङ प्लेटफर्म हो । यसमा कक्षा १ देखि १२ सम्मका पाठ्यक्रम उपलब्ध हुने बताइएको छ । अहिले भने यसमा गणित विषयका सामग्री मात्र उपलब्ध छन् ।

निश्चित शुल्क बुझाएपछि कम्पनीले पहिल्यै रेकर्ड गरेका भिडिओ मेमोरी कार्ड, पेनड्राइभ वा ईमेल मार्फत उपलब्ध प्राप्त गर्न सकिन्छ । 

 

हुन त एनसीआईडी युट्युब च्यानल हो । तर शैक्षिक जनशक्ति विकास केन्द्र (एनसीईडी) ले आफ्नो च्यानलमा कक्षा १ देखि १० सम्मका अनिवार्य विषयका भिडिओ कक्षा तयार पारेर राखेको छ । 

 

खेल्दै सिक्ने माध्यम

यस प्रकारका प्लेटफर्महरू प्राय: बालबालिकालाई लक्षित गर्दै बनाइएका हुन्छन् । अक्षर मात्र हुँदा बालबालिकाको सिकाइ खासै प्रभावकारी हुँदैन । 

 

रमाइलो पढाइ एक मोबाइल एप हो । यसमा कक्षा १ देखि ३ सम्ममा पाठ्यक्रममा आधारित सामग्रीहरू तयार पारिएका छन् । यसमा भिडिओ, अडिओ, कथा/कविता आदि प्रयोग गरिएको छ ।

चिम्पभाइनमा बालबालिकाले अनलाइन गेम खेल्दै पढ्न सक्छन् । यसको सरल इन्टरफेसमार्फत नर्सरीदेखि कक्षा ८ सम्म नेपाली पाठ्यक्रममा आधारित मुख्य विषयहरू अध्ययन गर्न सकिन्छ ।

 

ओएलई नेपालले तयार पारेको यो वेबसाइटमा तीन तहमा वर्गीकृत बाल सकाइ सामग्रीहरू राखिएका छन् । जसमा प्रायः जसो चित्र सहितका कथाहरू रहेका छन् । 

 

मिश्रित मोडल

विभिन्न प्रकारका मोडलहरूलाई एकीकृत गरी यस्ता प्लेटफर्महरू बनाइएका छन् । नेपालका चर्चित ईलर्निङ माध्यमहरू यसै अन्तर्गत पर्छन् ।  

 

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको विद्यालय (१-१०) तहका कोर्षमा रहेर बनाइएका मिदासले विभिन्न शैक्षिक सामग्री बनाएको छ । यसका साथै अनलाइन लाइभ कक्षाहरू समेत यसले सञ्चालन गर्दै आइरहेको छ । विद्यार्थीले कम्पनीको एप वा वेबसाइट मार्फत कोर्षमा पहुँच पाउन सक्छन् ।  

 

एम्बिसन गुरुमा प्लस टूका विद्यार्थीहरूलाई लक्षित लाइभ भिडि‌ओ, एनिमेटेड भिडिओ आदि सामग्री पाउन सकिन्छ । त्यस्तै यसमा विभिन्न प्रवेश परीक्षाका तयारी कक्षाहरू समेत हुने गरेका छन् । 

 

निमाले विद्यालय तहको पाठ्यक्रमसँगै अन्य विषयहरूका कोर्ष पनि उपलब्ध गराउँछ । यसमा अडियो, भिडियोको माध्यममा तयार पारिएका विषयहरू विद्यार्थीले अध्ययन गर्न सक्छन् । 

 

माई सेकेन्ड टिचरले पनि कक्षा १ देखि १२ सम्मका विभिन्न विषयमा भिडिओ बनाएको छ । ती भिडिओमा शिक्षक र विद्यार्थीले संवाद गरेका छन् । यसमा कुनै विषय अध्ययन गरेपछि विद्यार्थीले त्यसको समाधान पनि गर्नुपर्ने हुन्छ । 

 

यसमा कक्षा १ देखि ८ सम्मका विज्ञान, गणित, अंग्रेजी र सामाजिक विषयका पाठ्य सामग्री राखिएका छन् । तिनलाई निकै सरल तरिकाले डिजाइन गरिएको छ । 

 

मेरो स्कुलमा विद्यालय तह (कक्षा १-१२) का कोर्ष राखिएका छन् ।  ती कोर्षहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध छन् । पाठ्यक्रमको कोर्ष बाहेक इन्जिनियरिङ, डिजाइन लगायतका अन्य कोर्षहरू पनि यसमा पाउन सकिन्छ । 

 

ओएलई नेपालले सन् २००९ देखि सञ्चालनमा ल्याएको आफ्नो प्लेटफर्मबाट पुस्तक पढ्न, अडियो सुन्न र भिडि‌ओ हेर्न सकिने व्यवस्था मिलाएको छ । हाल यसमा छ हजार ८५२ पुस्तक संग्रह, दुई हजार ३१९ अडियो संग्रह तथा ५६४ भिडियो संग्रह  शैक्षिक सामग्रीको रुपमा उपलब्ध छन् । 

 

यसमा कक्षा ५ देखि १२ सम्मका विभिन्न विषयहरूका सशुल्क कोर्ष उपलब्ध छन् । त्यसबाहेक प्रवेश परीक्षाको तयारी कक्षाहरू पनि यसमा पाउन सकिन्छ । मेरो शिक्षामा ‘फ्ल्याश कार्ड’को प्रयोग गरी पढेको कुरा सम्झिन सकिने लगायतका फिचर रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १६:४७