close

मोबाइलका आविष्कारक मार्टिन कुपरले किन्छन् हरेक वर्ष नयाँ आईफोन

टेकपाना टेकपाना

चैत २७, २०७९ १६:१४

मोबाइलका आविष्कारक मार्टिन कुपरले किन्छन् हरेक वर्ष नयाँ आईफोन

काठमाडौं । पहिलो पटक मोबाइल प्रयोग भएको पाँच दशक पूरा भएको छ । आजभन्दा ५० वर्षपहिले मार्टिन कुपरले पहिलो मोबाइल फोन कल गरेका थिए । 

सन् १९७३ को अप्रिल ३ मा कुपरले आफ्नो मोटोरोला प्रयोगशालाबाट बेल सिस्टम्सका प्रतिस्पर्धीलाई ऐतिहासिक कल गरेका थिए । यसले प्राविधिको विकासको एक युगको सुरुवात गर्‍याे ।

आजको दिनसम्म आउँदा मोबाइल प्रविधि धेरै परिष्कृत भइसकेको छ । यो हाम्रो दैनिक जीवनमा यति गाँसिएको छ कि, अब यसबिना केही कल्पना गर्न नसक्ने भएका गर्छाैं ।

मोबाइलका आविष्कारक कुपर आफैं पनि मानिसहरू मोबाइलप्रति पागल भएको अभिव्यक्ति दिने गर्छन् ।

सुरुका दिनमा मोबाइल फोनहरू महँगा हुने गर्थे । एउटा फोनको लागत नै ५,००० डलरभन्दा धेरै हुन्थ्याे ।

कुपरका अनुसार प्रत्येक पुस्ता अघिल्लो पुस्ताको तुलनामा स्मार्ट हुनेछ । यद्यपि मोबाइलको विकास थप परिष्कृत हुँदै जानेमा उनी विश्वास गर्छन् । आफ्ना नातिनातिना जत्तिकै स्मार्टफोन प्रयोगमा आफू कहिल्यै निपुण नहुने उनी स्वीकार्छन् ।

तर पनि उनी हरेक वर्ष नयाँ आईफोन किन्छन् र दैनिक एप्पल वाच प्रयोग गर्छन् । उनलाई नयाँ प्रविधि भएको फोन प्रयोग गर्ने रुचि छ ।

प्रविधिमा आकर्षण हुँदाहुँदै पनि कुपर मोबाइलका एपहरूका विषयमा धेरै जानकारी राख्दैनन् । उनी प्राय: कल गर्नको लागि मात्रै माेबाइल प्रयोग गर्छन् ।

-एजेन्सी

 

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ १६:३०