काठमाडौं । एप्पलले २०२१ पछि उच्च रिफ्रेस रेट भएका डिभाइस ल्याउन बन्द गरेको थियो । त्यसको अर्थ प्रो मोडेल बाहेकका आईफोन मोडेल खरिद गर्नेहरूले १२० हर्ज रिफ्ररेस रेट नभई ६० हर्ज रिफ्रेस रेट भएकै डिस्प्लेमा चित्त बुझाउनुपर्ने अवस्था छ ।
अहिले भने एप्पल विश्लेषक रोज योङले एक ट्वीट गर्दै सन् २०२५ पछि मात्र आईफोनका बेस मोडेलमा १२० हर्जको रिफ्रेस रेट उपलब्ध हुने दाबी गरेका छन् । यही सूचनालाई आधार मान्ने हो भने आईफोन १७ को बेस मोडेलमा मात्र १२० हर्ज रिफ्रेस रेट पाउन सकिने छ ।
यसलाई कसरी पनि हेरिएको छ भने उच्च रिफ्रेस रेट भएको बेस मोडेलको आईफोन खरिद गर्न प्रयोगकर्ताले लामो समय पर्खिनुपर्ने छ ।
हुन त एप्पलले आफ्नो बेस मोडेलमा सानो आकारको ब्याट्री उपलब्ध गराउँदै आएको थियो । तर, यता आईफोन थर्टिन र फोर्टिनको सन्दर्भमा भने ब्याट्रीको आकार प्रो मोडेलको जत्तिकै छ । त्यसैले ब्याट्रीको आकार सानो हुनुको कारण नै कम्पनीले कम रिफ्रेस रेट उपलब्ध गराएको हो भन्ने तथ्य स्पष्ट हुँदैन ।
कम्पनीले बेस मोडेलमा कम रिफ्रेस रेटको डिस्प्ले उपलब्ध गराउनुलाई प्रो मोडेल बिक्री गर्ने रणनीतिका रुपमा पनि हेरिएको छ । त्यस्तै बेस मोडेलमा ६० हर्जको रिफ्रेस रेट उपलब्ध गराउँदा एप्पललाई बढी फाइदा हुने विभिन्न विश्लषेकहरूको भनाइ छ ।
यता सामसङ, वनप्लस, ओप्पो, भिभो, साओमीजस्ता एन्ड्राेइड फोनले लामो समयदेखि आफ्ना फ्ल्यागशिप फोनमा १२० हर्जको रिफ्रेस रेट उपलब्ध गराउँदै आएका छन् ।
करिब ५०० डलर शुल्क भएका रेड्मी नोट १२ लाइनअपका फोन, मोटोरोला जी७२, सामसङ ग्यालेक्सी ए५२ जस्ता फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ओएलईडी स्क्रिन पाउन सकिन्छ ।
यसकारण रिफ्रेस रेटलाई प्राथमिकता राख्ने मानिसका लागि अझै केही वर्ष आईफोन अनुपयुक्त नहुने देखिन्छ ।