close

स्न्यापच्याटको एआई फिचर सबैका लागि निशुल्क उपलब्ध, यस्ता छन् फिचर

टेकपाना टेकपाना

बैशाख ८, २०८० १२:२२

स्न्यापच्याटको एआई फिचर सबैका लागि निशुल्क उपलब्ध, यस्ता छन् फिचर

काठमाडौं । मेसेजिङ एप स्न्यापच्याटमा च्याटजीपीटी समावेश गरिएको छ । अब स्न्यापच्याटका सम्पूर्ण प्रयोगकर्ताले च्याटजीपीटीमा आधारित एआई निशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । 

कम्पनीका अनुसार यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले दिएको विवरण अनुसार एआईले नै तस्वीर तयार गरिदिनेछ । उक्त च्याटबटमा प्रयोगकर्ताले मेसेज गर्न सक्नेछन् । सो मेसेजको आधारमा च्याटबटले नै तस्वीर तयार गरिदिनेछ । 

'माइ एआई' नामक यो फिचर पहिले स्न्यापच्याटका सशुल्क प्रयोगकर्ताको लागि मात्र उपलब्ध थियो । 

तर एआई प्रति प्रयोगकर्ताको आकर्षण बढ्दै गएको भन्दै कम्पनीले सबैका लागि यो फिचर निशुल्क गरेको जनाएको छ । माई एआईलाई प्रयोगकर्ताले आफूले चाहे अनुसारको नाम र तस्वीर दिन सक्नेछन् । 

यसका साथै प्रयोगकर्ताले स्न्यापच्याटको क्यामेरा प्रयोग गर्दा माइ एआईले विभिन्न फिल्टरहरू प्रयोग गर्न सुझाव पनि दिनेछ ।         

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० १२:२२