close

रेडिटमा 'च्याट च्यानल' फिचर, के हो यसको काम ?

टेकपाना टेकपाना

बैशाख १९, २०८० १२:१६

रेडिटमा 'च्याट च्यानल' फिचर, के हो यसको काम ?

काठमाडौं । सामाजिक सञ्जाल रेडिटमा च्याट च्यानल फिचर थपिएको छ । कम्पनीले एक पोस्ट लेख्दै यस बारे जानकारी दिएको हो । अब च्याट च्यानलबाट सबरेडिट (subreddits) सदस्यले एकअर्कासँग कुराकानी गर्न सक्ने छन् । 

हाल २५ रेडिट च्यानलमा मात्र उपलब्ध सो फिचरले  डिस्कर्ड अथवा टेलिग्राममा जस्तै कुराकानी गर्न सजिलो बनाउने कम्पनीको भनाई छ । यद्यपि कुराकानीका लागि कम्पनीले यस अघि नै ‘लाइभ च्याट’ फिचर ल्याइसकेको छ ।

लाइभ च्याटमा कुनै पनि पोस्ट सिर्जना गरेपछि त्यसमा सो विषयमा कुराकानी गर्न सकिन्छ । तर यो भन्दा च्याट च्यानल फरक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कुराकानी बाहेक सबरेडिट सञ्चालनका लागि आवश्यक पर्ने कुरा यस फिचरमा रहेका छन् । यसमा छलफल, भनाइ तथा प्रतिक्रिया राख्न सकिनेछ ।

त्यस्तै यो च्याट च्यानलमा मोडरेटर राख्न ‘मोड फस्ट एप्रोच’ फिचर पनि रहेको छ । यसको प्रयोगबाट च्यानलमा आवश्यक पर्ने मोडरेटर राख्न सकिने बताइएको छ । अहिले सीमित च्यानलमा मात्र उपलब्ध यो फिचर भविष्यमा विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १२:१६