काठमाडौं । आजभोलि एन्ड्रोइड फोनबाट नै उत्कृष्ट डिजिटल आर्ट बनाउन सकिन्छ । प्ले स्टोरमा यसका लागि थुप्रै एप पाइन्छ । वास्तविक क्यानभास, रङ आदि नभएका बेला चित्रकारिता गर्न ती एप निकै उपयोगी हुन्छन् ।
त्यस्तै क्यानभास वा अन्य कुनै माध्यममा चित्र बनाउनुअघि अभ्यासका लागि समेत यी एप प्रयोगमा आउन सक्छन् । साथै चित्रकारबाहेक रुचि भएका जो कसैले ती एपमा पनि चित्र बनाउन सक्छन् । आज हामी चित्र बनाउन उपयोगी १० एन्ड्रोइड एपबारे जानकारी दिँदैछौं:
इन्फिनिट पेन्टर
यो प्रोफेसनल चित्रकारका लागि बनाइएको एप हो । एपमा विभिन्न प्रकारका ब्रस, टुल र टेक्स्चर छान्न सकिन्छ ।
यसले एपमा बनाइने चित्रलाई थप वास्तविक जस्तै बनाउन सहयोग गर्छ । तर यसमा टेक्स्ट टुल छैन, जुन भएको भए थप राम्रो हुने थियो ।
यो एप आईबिस पेन्टको नि:शुल्क संस्करण हो । यही कारण यसमा निकै कम टुल रहेका छन् ।
तर यसमा डिजिटल आर्ट बनाउनेबारे ट्यूटोरियलहरू भने प्रशस्तै दिइएको छ, जसले डिजिटल आर्ट बनाउन थप सहयोगी भूमिका खेल्ने गर्छ । यो एप एन्ड्रोइड र आईओएसमा उपलब्ध छ ।
आर्ट फ्लो
यसमा ८० भन्दा बढी ब्रस र अन्य टुल पाइन्छ । त्यस्तै लेयर सपोर्ट, ब्लेन्डिङ मोड जस्ता फिचर रहेका छन् ।
साथै यहाँ बनाइएको चित्र पीएनजी, जेपीजीजस्ता अन्य फाइल फर्म्याटमा समेत डाउनलोड गर्न सकिन्छ । एप एन्ड्रोइड र आईओएस दुवैमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।
क्लिप स्टुडियो पेन्ट
यो एक प्रोफेसनल एप हो । यसमा ४० हजार बढी ब्रस, सयौं फिचर पाइन्छ । यसले रास्टर, भेक्टर ग्राफिक्स र थ्रीडी फर्म्याट समेत सपोर्ट गर्छ ।
त्यस्तै यो एन्ड्रोइड, आईओएस बाहेक आईप्याड, विन्डोज, एप्पल म्याक आदिमा प्रयोग गर्न सकिन्छ ।
स्केचबुक
अटोडेक कम्पनीले विकास गरेको यो एप डेस्कटप र स्मार्टफोनबाट डिजिटल चित्र बनाउनमा चर्चित छ ।
यसमा धेरै प्रकारको ब्रस, प्रेसर रेस्पोन्सिभनेस, कलर इन्डिकेटर, टाइमल्याप्स, पर्स्पेक्टिभ टुल लगायतका फिचर छन् । एप एन्ड्रोइड र आईओएस दुवैमा डाउनलोड गर्न सकिन्छ ।
आर्टरेज
यसमा वाटर कलर पेन्टिङ सहित अन्य प्रकारको चित्रकारिता गर्न थुप्रै टुल उपलब्ध गराइएको छ । यो एप सामसङ लगायत अन्य एन्ड्रोइड ट्याब्लेटमा प्रयोग गर्दा एक्सपेरियन्स राम्रो हुने बताइएको छ ।
यसमा लेयर सपोर्ट, ब्लेन्डिङ मोड लगायतका फिचर दिइएको छ । यो एप एन्ड्रोइड बाहेक आईओएसमा समेत प्रयोग गर्न सकिन्छ ।
क्रिता
यो एक नि:शुल्क, ओपन सोर्स डिजिटल पेन्टिङ र स्केचिङ एप हो । यसलाई सुरूमा डेस्कटपका लागि डिजाइन गरिएको थियो । तर यसलाई एन्ड्रोइड ट्याब्लेटको लागि पुन: डिजाइन गरिएको छ ।
योसँगै यसमा थुप्रै फिचर, टुल, ब्रस दिइएको छ । यसलाई एन्ड्रोइडमा मात्र चलाउन सकिन्छ ।
मेडी ब्याङ पेन्ट
यो क्रस प्लेटफर्म र क्लाउड सपोर्ट भएको पेन्टिङ एप हो । यही कारण यस एपबाट धेरै डिभाइसमा एकै पटक काम गर्न सकिन्छ । थुप्रै ब्रस, टुल लगायत अन्य फिचर छन् ।
विशेष गरेर यो कमिक र माङ्गा कलाकारका लागि राम्रो हुने बताइने गरिन्छ । यस एपलाई एन्ड्रोइड, आईओएस दुवैमा डाउनलोड गर्न सकिन्छ ।
कन्सेप्ट
यसले पेन्टिङ बनाउँदा भिन्न अनुभव दिने गर्छ । किनकी यसमा इन्फिनिट क्यानभास छ । अर्थात् तपाईंले आफ्नो विचार, चित्र वा डूडल जहिल्यै पनि बनाउन सक्नुहुन्छ ।
यसका लागि धेरै फन्ट, ब्रस, टुल आदि उपलब्ध गराइएको छ । हुन त यसलाई बौद्धिक अभ्यासका लागि निकै राम्रो एप मानिन्छ । तर यसमा ब्लेन्डिङ मोड, कस्टमाइज ब्रस जस्ता फिचर भने छैनन् । यसलाई एन्ड्रोइड र आईफोनमा चलाउन सकिन्छ ।
डटपिक्ट
पिक्सेल आर्टमा तपाईंलाई रूचि छ भने यो एप निकै उपयाेगी हुन सक्छ । यो एप पिक्सेल आर्ट गर्नेहरूका लागि बनाइएको हो ।
यसका लागि एपमा ग्रिड लगायत अन्य फिचर छन् । तर पिक्सेल आर्ट बाहेकका अन्य चित्र बनाउन भने यसमा टुल दिइएका छैनन् ।