close

केवाईसी अपडेट‍का नक्कली लिङ्कबाट सावधान रहनूः राष्ट्रिय वाणिज्य बैंक

टेकपाना टेकपाना

जेठ ११, २०८० १४:३६

केवाईसी अपडेट‍का नक्कली लिङ्कबाट सावधान रहनूः राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । केवाईसी अपडेटको नाममा नक्कली लिङ्क फैलिएपछि राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकलाई सचेत गराएको छ । एक सूचना जारी गर्दै बैंकले केवाईसी अपडेटका लागि ग्राहकलाई कहिल्यै पनि लिङ्क नपठाउने स्पष्ट पार्दै नक्कली लिङ्कबाट सतर्क रहन आग्रह गरेको हाे ।

बैंकले ग्राहकलाई आफ्नो मोबाइल र गोप्य डेटा कसैसँग शेयर नगर्न पनि अनुरोध गरेको छ । साथै कुनै पनि लिङ्क क्लिक गर्नुअघि आधिकारिक हो कि होइन भनी भेरिफाई गर्न सुझाव दिइएकाे छ ।

पछिल्लो समय मोबाइल बैंङ्किङ सेवा नलिने र केवाईसी पनि अपडेट नगर्ने ग्राहकहरू नक्कली  लिङ्क क्लिक गर्न पुगिरहेको सन्दर्भमा बैंकले यस्ताे सूचना जारी गर्दै सचेत गराएकाे हाे ।

ग्राहकको बैंकिङ विवरणमा पहुँच बनाउन सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा यस्ता नक्कली लिंक फैलिने गरेको पाइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८० १४:४२