काठमाडौं । स्नातक तहमा सूचना प्रविधि (आईटी) सम्बन्धी शैक्षिक कार्यक्रम अध्ययन गर्न पहिले कक्षा ११ र १२ मा विज्ञान विषय अनिवार्य थियो । विज्ञान नपढेका विद्यार्थीहरू आईटी पढ्नबाट वञ्चित हुन्थे । यही कुरालाई ध्यानमा राखेर विश्वविद्यालयहरूले विज्ञानबाहेक अन्य सङ्कायका विद्यार्थीका लागि आईटी कोर्ष ल्याउन थाले ।
यसै प्रकारका कोर्षभित्र पर्छन्, बीएड ईन आईसीटी (ब्याचलर अफ एजुकेसन इन इन्फर्मेसन कम्प्युनिकेसन टेक्नोलोजी) र बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन) । कक्षा १२ पछि आईटी पढ्न चाहने विद्यार्थीका लागि यी पनि विकल्प हुन् । माध्यमिक तह (कक्षा ११ र १२) मा जुनसुकै विषय पढेपनि यी आईटी कोर्ष पढ्न पाइन्छ ।
आज हामी त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालन भइरहेका यी दुई कोर्षका यिनै शैक्षिक कार्यक्रमबारे चर्चा गर्दैछौं:
त्रिविले वि.सं. २०६३ मा पहिलोपटक शिक्षा शास्त्र सङ्कायअन्तर्गत बीएड ईन आईसीटी कार्यक्रम सुरु गरेको हो । त्यसबेला स्नातक तहमा त्रिविका पाँच ओटा आङ्गिक क्याम्पस र आठ ओटा सामुदायिक क्याम्पसमा याे कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसबेला यो कोर्ष तीन वर्षे शैक्षिक कार्यक्रमको रूपमा रहेको थियो । तर पछि त्रिविले कोर्षलाई परिमार्जन चार वर्षे (आठ सेमेस्टर) हुँदै हाल नौ सेमेस्टरको बनाएको छ ।
त्यस्तै पहिले १३२ क्रेडिट आवरको यो कोर्ष हाल १३८ क्रेडिट आवरको बनाइएको छ । पछिल्लो पटक त्रिविले ०७७ सालमा कोर्षलाई अद्यावधिक गर्दै यो व्यवस्था गरेको हो । हाल बीएड आईसीटीको परिमार्जित कोर्षका रूपमा ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) सञ्चालन भइरहेको छ ।
यता बीसीए त्रिविभन्दा अगाडि नै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयले यो कोर्ष सुरु गरिसकेका थिए । नेपालमा सुरुमा पूर्वाञ्चल विश्वविद्यालयले बीसीए कार्यक्रम ल्याएकाे हाे । सन् १९९९ देखि यस विश्वविद्यालयले यो कोर्ष पढाउँदै आएको छ । त्रिविले भने २०७४ मा मात्र यो कोर्ष ल्यायो । कोर्षलाई त्रिविको मानविकी तथा सामाजिक शास्त्र सङ्कायभित्र राखिएको छ । सुरूमा छ ओटा क्याम्पसबाट त्रिविले बीसीए सुरु गरेको थियो ।
यता बीसीए त्रिविभन्दा अगाडि नै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयले यो कोर्ष सुरु गरिसकेका थिए । नेपालमा सुरुमा पूर्वाञ्चल विश्वविद्यालयले बीसीए कार्यक्रम ल्याएकाे हाे । सन् १९९९ देखि यस विश्वविद्यालयले यो कोर्ष पढाउँदै आएको छ । त्रिविले भने २०७४ मा मात्र यो कोर्ष ल्यायो । कोर्षलाई त्रिविको मानविकी तथा सामाजिक शास्त्र सङ्कायभित्र राखिएको छ । सुरूमा छ ओटा क्याम्पसबाट त्रिविले बीसीए सुरु गरेको थियो ।
बीसीए १२६ क्रेडिट आवरको चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो । यसमा ७१ क्रेडिट आवर कोर कोर्ष अर्थात् कम्प्युटर एप्लिकेसन, १५ क्रेडिट आवर सोसल साइन्स एन्ड म्यानेजमेन्ट, १३ क्रेडिट आवर प्रोजेक्ट र इन्टर्नशिप, १२ क्रेडिट आवर इलेक्टिभ, ९ क्रेडिट आवर म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स र ६ क्रेडिट आवर ल्याङ्ग्वेज कोर्ष रहेका छन् । हाल १२३ क्याम्पसमा यो कोर्ष अध्यापन भइरहेको छ ।
कस्तो छ विषय ?
यी दुवै आईटी कोर्ष हुन् । यसकारण कतिपय आईटी कोर्ष मिल्दाजुल्दा छन् । तर दुवै कोर्षको उद्देश्य भने भिन्नभिन्न रहेको छ । जनमैत्री बहुमुखी क्याम्पस, काठमाडौंका आईसीटी विभाग प्रमुख कमल पाठक आईटीका केही विषय उही भएपनि अन्य भने सङ्काय अनुसार भिन्न हुने बताउँछन् ।
उनका अनुसार विद्यार्थीलाई आधुनिक शैक्षिक प्रणाली र सूचना प्रविधिसँग परिचित गराउने विषयका रूपमा बीएड ईन आईसीटी रहेको छ । याे कार्यक्रम ‘बीएड आईसीटीई’ का नामले पनि परिचित छ । बीसीएमा भने कम्प्युटर एप्लिकेसनलाई बढी महत्त्व दिइएको छ । साथै यसमा सामाजिक शास्त्रका विषयहरूलाई पनि राखिएको छ । समाजमा हुने समस्या हल गर्नसक्ने र आईटी सीप भएका विद्यार्थी उत्पादन गर्नु याे काेर्षकाे उद्देश्य हाे ।
अझ सरल भाषामा भन्दा शिक्षा क्षेत्रभित्र आईटी जनशक्ति प्रवेश गराउनु र आईटीका मान्छेलाई टिचिङ पेडागोजी (शिक्षण पद्दति)मा दक्ष बनाउनु याे शैक्षिक कार्यक्रमकाे उद्देश्य रहेको पाठक बताउँछन् । त्यही कारण कोर्षमा शैक्षिक मनोविज्ञान, व्यक्तिगत विकास, सञ्चार र शिक्षाका आधारभूत प्रविधिका विषय समेटिएको छ । यसमा प्रोग्रामिङ, नेटवर्किङ, डेटावेस म्यानेजमेन्ट, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत अन्य आईटी विषय राखिएको छ ।
त्यस्तै विद्यार्थीले कम्प्युटर एप्लिकेसनसँगै कम्प्युटर सिस्टमबारे पनि बीसीएमा अध्ययन गर्नुपर्ने हुन्छ । बीसीएले आईटी क्षेत्रको कोर डेभलपमेन्ट, डिजाइनिङ जस्ता क्षेत्र समेट्ने समेट्छ । “अहिले शिक्षणमा मात्र भएर पुग्दैन । आईटी साक्षरता हुनुपर्छ । त्यो बाटोमा आईसीटीईले हिँडाउँछ । अर्थात् यो विषय आईटीको नयाँ आयाम हो,” उनी अगाडि भन्छन्, “दुवैको आफैंमा फरक-फरक विषय हो । तर आईटीका धेरै विषय मिल्छ । यीमध्ये कुन पढ्ने भन्ने कुरा विद्यार्थीको रुचिले फरक पार्छ । यसका लागि उनीहरूलाई परामर्श भने दिनुपर्छ ।”
पढाइपछिको भविष्य
कुनै पनि कोर्षमा भर्ना हुनुअघि भविष्यको चासो हुने गर्छ, जुन सामान्य नै हो । यी दुवै आईटी कोर्ष भएकाले भविष्य एउटै क्षेत्रमा नै हुन्छ । तर आईसीटीई शिक्षा सङ्कायभित्र भएकाले यो अध्ययन गरेका विद्यार्थीहरू शिक्षणमा सजिलै जान सक्छन् । जुन यस कोर्षको ठूलो फाइदा भएको जनमैत्री क्याम्पसका आईसीटी विभाग प्रमुख पाठकको बुझाइ छ ।
“यस विषय अध्ययन गरेका विद्यार्थीले कम्प्युटर विज्ञान पढाउन शिक्षा सेवा आयोगबाट शिक्षण लाइसन्स प्राप्त गर्न सक्छन्,” उनी अगाडि भन्छन्, “अन्य आईटी कोर्ष पढेका त्यहाँ जान नसक्ने भन्ने होइन । तर उनीहरूले स्नातक उत्तीर्णपछि एक वर्षे बीएड पढ्नुपर्ने हुन्छ । तर आईसीटीईका विद्यार्थीहरू लाइसेन्सका लागि सिधै योग्य हुन्छन् ।”
यो शैक्षिक सत्रमा त्रिविकाे बीसीएको पहिलो ब्याच उत्पादन हुँदैछ । आईसीटीको भने थुप्रै ब्याच उत्पादन भइसके । जनमैत्रीले पनि धेरै पहिलेदेखि यो विषय पढाउँदै आएको छ । यसैले आफ्ना विद्यार्थीहरू शिक्षण, डेभलपमेन्ट, बैङ्किङ, सेक्युरिटी, डिजाइन, एड्भर्टाइजिङ आदि क्षेत्रमा कार्यरत रहेको उनी सुनाउँछन् । तर यो विषय अध्ययन गरेता पनि आईटीका अन्य कोर्षका विद्यार्थीले जस्तै काम गर्नसक्ने उनको तर्क छ । तथापि शिक्षणमा जाने हो भने यो कोर्ष अन्यभन्दा धेरै उपयुक्त हुने उनी बताउँछन् ।
यता बीसीए अध्ययन गरेका विद्यार्थीले आईटी कम्पनीहरूमा काम गर्न सक्छन् । उनीहरूले आईटी अफिसर, कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम म्यानेजर, कम्प्युटर सिस्टम स्पेसालिस्ट, नेटवर्क एन्ड कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर जस्ता क्षेत्रमा काम गर्न सक्छन् । सँगै इथिकल ह्याकर, वेब डेभलपर, ग्राफिक्स डिजाइनर, वेबसाइट डेभलपर, एप्लिकेसन डेभलपर आदिका रुपमा सरकारी, गैरसरकारी तथा आईटी कम्पनीहरुमा काम गर्न सक्छन् । साथै यी दुवै विषय अध्ययन गरेकाले आईटीसम्बन्धी स्नातकोत्तर तहमा अध्ययन गर्न सक्छन् । अथवा यही क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सक्छन् ।
पाठ्यक्रम
क्रेडिट आवरबारे माथि नै चर्चा गरिएको छ । तुलनात्मक रूपमा आईसीटीईको क्रेडिट आवर बढी छ । कोर्षमा आईटीबाहेक रिसर्च मेथोड इन एजुकेसन, डिजिटल पेडागोजी, क्लासरुम पेडागोजी, लर्निङ साइकलोजी जस्ता शिक्षाका विषयवस्तु समेटिएका छन् ।
त्यस्तै बीसीएको पाठ्यक्रमभित्र आईटी कोर्ष धेरै राखिएको छ । यसमा विद्यार्थीले चौंथाे, छैटौं र आठौँ सेमेस्टरमा प्रोजेक्ट वर्क र सातौं सेमेस्टरमा इन्टर्नशिप गर्नु पर्ने हुन्छ । त्यस्तै यसमा चार ओटा इलेक्टिभ कोर्ष अध्ययन गर्नुपर्छ । हुन त दुवैमा इन्टर्नशिप तथा प्रोजेक्ट वर्क छन् । यता आईसीटीईमा प्रोजेक्ट र इन्टर्नशिप आठौं सेमेस्टरमा मात्र रहेको छ ।
कहाँ कहाँ हुन्छ पढाइ ?
बीएड आईसीटीई अलि पुरानो कोर्ष भए पनि धेरै कलेजमा पढाइ हुन्न । त्रिविका लागि बीसीए नयाँ कोर्ष भएपनि अन्य विश्वविद्यालयले पहिलेदखि नै सञ्चालन गरिरहेका छन् । यसको लोकप्रियता पनि बीएड आईसीटीईको भन्दा बढी छ । नेपालमा यी दुवै कोर्ष सञ्चालन गरिरहेका कलेजहरू यसप्रकार छन्:
बीएड ईन आईसीटी
क्र.स.
कलेजको नाम
विद्यार्थी कोटा
१.
बालकुमारी कलेज
४०
२.
मकवानपुर बहुमुखी क्याम्पस
४०
३.
जनमैत्री बहुमुखी क्याम्पस
४०
४.
आदिकवि भानुभक्त क्याम्पस
४०
५.
बुटवल बहुमुखी क्याम्पस
४०
६.
सानोठिमी क्याम्पस
४०
७.
सुर्खेत बहुमुखी क्याम्पस
४०
८.
सुकुना बहुमुखी क्याम्पस
४०
९.
निलकण्ठ बहुमुखी क्याम्पस
४०
१०.
निलकण्ठ बहुमुखी क्याम्पस
४०
११.
घोडाघोडी बहुमुखी क्याम्पस
४०
१२.
जन भावना क्याम्पस
४०
१३.
महेन्द्र मोरङ क्याम्पस
४०
१४.
आरआरएम क्याम्पस
४०
१५.
मध्यविन्दु बहुमुखी क्याम्पस
४०
१६.
वालिङ बहुमुखी क्याम्पस
४०
१७.
महाकवि देवकोटा क्याम्पस
४०
१८.
सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस
४०
१९.
महेन्द्र रत्न क्याम्पस
४०
२०.
काभ्रे बहुमुखी क्याम्पस
४०
२१.
सप्तगण्डकी बहुमुखी क्याम्पस
४०
२२.
सहिद स्मृति बहुमुखी क्याम्पस
४०
२३.
जनज्योति बहुमुखी क्याम्पस
४०
२४.
डडुलधुरा बहुमुखी क्याम्पस
४०
२५.
विरेन्द्र बहुमुखी क्याम्पस
४०
२६.
म्याग्दी बहुमुखी क्याम्पस
४०
२७.
त्रियुगा बहुमुखी क्याम्पस
४०
बीसीए
क्र.सं.
क्याम्पस
ठेगाना
१.
विरेन्द्र मल्टिपल क्याम्पस
चितवन
२.
न्यु समिट कलेज पुरानो
काठमाडौं
३.
क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट
काठमाडौं
४.
प्राइम कलेज नयाँ बजार
काठमाडौं
५.
नेसनल कलेज अफ कम्प्युटर स्टडिज
काठमाडौं
६.
नागार्जुन कलेज अफ आईटी
ललितपुर
७.
अर्किड इन्टरनेसनल कलेज
काठमाडौं
८.
मदन भण्डारी मेमोरियल कलेज
काठमाडौं
९.
काठमाडौं बर्नहार्ट कलेज
काठमाडौं
१०.
एसियन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी
काठमाडौं
११.
सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी
ललितपुर
१२.
टेक्सास इन्टरनेसनल कलेज
काठमाडौं
१३.
एसियन कलेज अफ हायर स्टडिज
काठमाडौं
१४.
निस्ट कलेज
काभ्रे
१५.
नेसनल इन्फोटेक कलेज
पर्सा
१६.
निहारिका कलेज
मोरङ
१७.
बिराट क्षितिज कलेज
मोरङ
१८.
बिराट दर्शन कलेज
मोरङ
१९.
एम्स कलेज
ललितपुर
२०.
हेटौडा सिटी कलेज
मकवानपुर
२१.
इन्द्रेणी कलेज
चितवन
२२.
लुम्बिनी आईसीटी कलेज
नवलपुर
२३.
नेपथ्य कलेज
रुपन्देही
२४.
ट्रिनिटी इन्टरनेसनल कलेज
काठमाडौं
२५.
समृद्धि कलेज लोकन्थली
भक्तपुर
२६.
स्वस्तिक कलेज
भक्तपुर
२७.
नेपालगञ्ज क्याम्पस
बाँके
२८.
अम्बिकेश्वरी इन्फरमेसन एण्ड टेक्निकल क्याम्पस
दाङ
२९.
बाँके बागेश्वरी कलेज
बाँके
३०.
हिमालय कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट
ललितपुर
३१.
एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट
ललितपुर
३२.
ललितपुर इन्जिनियरिङ कलेज
ललितपुर
३३
सेण्ट लरेन्स कलेज
काठमाडौं
३४.
हेनरी फोर्ड इन्टरनेशनल कलेज
काठमाडौं
३५.
काभ्रे बहुमुखी क्याम्पस
काभ्रे
३६.
सप्तगण्डकी वहुमुखी क्याम्पस
चितवन
३७.
हेटौडा स्कुल अफ मेनेजमेन्ट एण्ड सोसल स्टडिज
मकवानपुर
३८.
मैयाँदेवी कन्या क्याम्पस
चितवन
३९.
दमक बहुमुखी क्याम्पस
झापा
४०.
एवर्डिन इन्जिनियरिङ कलेज
ललितपुर
४१.
मोडेल बहुमुखी कलेज
जनकपुर
४२.
मोर्गन इन्टरनेसनल कलेज
काठमाडौं
४३.
नव क्षितिज कलेज
महोत्तरी
४४.
काठमाडौं शिक्षा क्याम्पस
काठमाडौं
४५.
जनमैत्री बहुमुखी क्याम्पस
काठमाडौं
४६.
जनभावना क्याम्पस
ललितपुर
४७.
सहिद रामनाथ बहुमुखी क्याम्पस
काठमाडौं
४८.
पशुपति बहुमुखी कलेज
काठमाडौं
४९.
शहिद स्मारक कलेज
काठमाडौं
५०.
गणेशमान सिंह क्याम्पस
काठमाडौं
५१.
ट्रिटन इन्टरनेशनल कलेज
काठमाडौं
५२.
डीएभी कलेज अफ म्यानेजमेन्ट
ललितपुर
५३.
तिनाउ टेक्निकल क्याम्पस
रुपन्देही
५४.
जया माल्टिपल क्याम्पस
काठमाडौं
५५.
जेभियर इन्टनेसनल
काठमाडौं
५६.
पद्यश्री इन्टरनेशनल कलेज
काठमाडौं
५७.
कुमारी बहुमुखी क्याम्पस
काठमाडौं
५८.
टेम्स इन्टरनेशनल कलेज पुरानो
काठमाडौं
५९.
डीडब्लूआईटी कलेज
काठमाडौं
६०.
बज्र इन्टरनेशनल
काठमाडौं
६१.
हिमालयन कलेज फर लर्निङ एक्सिलेन्स
काठमाडौं
६२.
नेपाल मेगा कलेज
काठमाडौं
६३.
द टाइम्स इन्टरनेसनल कलेज
काठमाडौं
६४.
दिव्यज्ञान कलेज
काठमाडौं
६५.
कलेज अफ एप्लाइड विजनेस
काठमाडौं
६६.
ग्रिनफिल्ड नेसनल कलेज
काठमाडौं
६७.
एभरेष्ट इन्नोभेट कलेज
काठमाडौं
६८.
गोल्डेन गेट इन्टरनेशनल कलेज
काठमाडौं
६९.
काठमाडौं मोडेल कलेज
ललितपुर
७०.
रेन्बो इन्टरनेशनल कलेज
काठमाडौं
७१.
के एन्ड के इन्टरनेशसनल कलेज
काठमाडौं
७२.
रिलायन्स कलेज
काठमाडौं
७३.
मेघा नेसनल कलेज
ललितपुर
७४.
सहिद स्मारक कलेज
चितवन
७५.
भिरेन्ची कलेज
ललितपुर
७६.
युथ क्याम्पस
जनकपुर
७७.
नेशनल इन्टिग्रेटेड कलेज
काठमाडौं
७८.
सगरमाथा कलेज फर हायर स्टडिज
काठमाडौं
७९.
युनाइटेड कलेज कुमारीपाटी
रुपन्देही
८०.
कालिका कलेज
रुपन्देही
८१.
साउथ वेस्टर्न स्टेट कलेज
काठमाडौं
८२.
एम्विसन कलेज
काठमाडौं
८३.
समाजिक कलेज
भक्तपुर
८४.
एडमार्क कलेज
काठमाडौं
८५.
सुनगाभा कलेज
चितवन
८६.
अरुनिमा कलेज
काठमाडौं
८७.
गिरिजा प्रसाद कोइराला मेमोरियल कलेज
काठमाडौं
८८.
जनज्योती बहुमुखी क्याम्पस
कञ्चनपुर
८९.
एभरेस्ट इन्टरनेसनल कलेज
काठमाडौं
९०.
मोडेल क्याम्पस
झापा
९१.
हिमालय दर्शन कलेज
मोरङ
९२.
ज्ञानदीप कलेज
दाङ
९३.
इटहरी नमुना कलेज
सुनसरी
९४.
ह्वाइट फिल्ड इन्टरनेसनल कलेज
काठमाडौं
९५.
नेसनल कलेज
काठमाडौं
९६.
लुम्बिनी एकेडेमी कलेज
काठमाडौं
९७.
निम्स कलेज
ललितपुर
९८.
नेस्फिल्ड इन्टरनेशनल कलेज
काठमाडौं
९९.
कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी
काठमाडौं
१००.
इन्टेन्सिभ इन्टरनेसनल कलेज
ललितपुर
१०१.
निस्ट कलेज
ललितपुर
१०२.
नेपाल काष्ठमण्डप
काठमाडौं
१०३.
समर्पण एकेडेमी
काठमाडौं
१०४.
गुरुकुल कलेज
काठमाडौं
१०५.
दिव्यभूमि मल्टिपल कलेज
ललितपुर
१०६.
डाँफे कलेज
काठमाडौं
१०७.
कोशी सेन्ट जेम्स
सुनसरी
१०८.
सहारा क्याम्पस
सर्खेत
१०९.
मिल्टन इन्टरनेसनल
काठमाडौं
११०.
विजनेस क्याम्पस
काठमाडौं
१११.
क्यारेबियन कलेज अफ म्यानेजमेन्ट
ललितपुर
११२.
ओजस्वी कलेज
ललितपुर
११३.
चारुमती कलेज
काठमाडौं
११४.
क्यापिटल कलेज
ललितपुर
११५.
स्वयम्भु इन्टरनेसनल कलेज
काठमाडौं
११६.
विश्व आदर्श कलेज
सुनसरी
११७.
ललितपुर एभरेष्ट कलेज
काठमाडौं
११८.
भद्र घले बहुमुखी क्याम्पस
ललितपुर
११९.
ललितपुर एभरेष्ट कलेज
काठमाडौं
भर्ना योग्यता र कोटा
बीसीए अध्ययन गर्न कक्षा ११ र १२ का सबै विषयमा कम्तीमा ‘डी’ प्लस ग्रेड ल्याएर सीजीपीए २ भन्दा बढी ल्याएकाे हुनुपर्छ । अथवा दाेस्राे श्रेणी (४५ प्रतिशत) ल्याएकाे हुनुपर्छ । त्यस्तै बीआईसीटीईमा भर्ना हुन कक्षा १२ को अन्तिम परीक्षामा हरेक विषयमा कम्तीमा ‘सी प्लस’ ल्याएको हुनुपर्छ । यी विषय ‘ओपन स्ट्रिम’ हुन् । त्यसकारण जुनै विषय पढेकाले भर्ना हुन सक्छन् ।
त्यस्तै यी कोर्षमा भर्ना हुन त्रिविले ल्याएको प्रवेश परीक्षा भने उत्तीर्ण गरेको हुनुपर्छ । तर विद्यार्थी कोटा भने कलेजको क्षमताका आधारमा कोटा निर्धारण गरिएको छ । त्यसैले कतै ३०, कतै ४० त कतै १२० कोटा रहेको छ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले नेपालको जुनै ठाउँमा पन भर्ना गर्न सक्छन् । तर अनुत्तिर्ण विद्यार्थी भने भर्ना गर्न पाउँदैनन् ।
विद्यार्थी मूल्याङ्कन
यी दुवै विषयमा ‘कन्टिन्युयस इभ्यालुएसन प्रोसेस’ बाट विद्यार्थी मूल्याङ्कन गरिन्छ । जस अन्तर्गत आईसीटीईमा ४० प्रतिशत आन्तरिक, ४० प्रतिशत टर्म पेपर र २० प्रतिशत बाह्य मूल्याङ्कन गरिन्छ । त्यस्तै २० प्रतिशत आन्तरिक, ६० प्रतिशत टर्म पेपर र २० प्रतिशत बाह्य मूल्याङ्कन हुन्छ ।
शुल्क र छात्रवृत्ति
नेपालमा चलिरहेका अन्य आईटी कोर्षहरूको तुलनामा यी कोर्षको शुल्क कम छ । अझ बीएड आईसीटीको शुल्क निकै कम छ । त्रिविको आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजमा यी काेर्ष पढाइ हुन्छन् । तर शुल्कमा एकरुपता छैन ।
आईसीटीईको शुल्क दुई देखि तीन लाख रुपैयाँ रहेको छ भने बीसीएको चार देखि १० लाख रुपैयाँसम्म रहेको छ । प्राय: आङ्गिक तथा सामुदायिक कलेजमा कम र सम्बन्धन लिएर पढाउने नीजि कलेजहरूमा शुल्क बढी हुने गर्छ ।
छात्रवृत्तिको व्यवस्था दुवै कोर्ष गर्ने विद्यार्थीलाई उपलब्ध छ । त्रिविकाे छात्रवृत्ति सम्बन्धी छुट्टै नीति छ । त्यसकै आधारमा विश्वविद्यालयले प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीलाई ‘मेरिट’का आधारमा छात्रवृत्ति दिने गर्छ । साथै कलेजहरूले पनि सेमेस्टर टपर, आरक्षण लगायतका आधारमा विभिन्न छात्रवृत्ति र सहुलियत दिने गरेका छन् ।