close

अब युट्युबमा पनि अनलाइन गेम खेल्न सकिने

टेकपाना टेकपाना

असार ९, २०८० १६:३६

अब युट्युबमा पनि अनलाइन गेम खेल्न सकिने

काठमाडौं । गुगलको स्वामित्वमा रहेको युट्युबले प्रयोगकर्ताहरूलाई अनलाइन गेमिङ अनुभव उपलब्ध गराउने उद्देश्यले 'प्लेबल' नामक नयाँ गेम ल्याउने भएकाे छ । ​याेसँगै अब युट्युबमै गेम पनि खेल्न पाइने भएको छ ।

वाल स्ट्रिट जर्नलमा प्रकाशित एक समाचार अनुसार युट्युबले हाल आफ्ना सीमित कर्मचारीहरूबीच याे गेमकाे परीक्षण गरिरहेकाे छ । याे गेम वेब र माेबाइल दुवै संस्करणमा खेल्न सकिने बताइएकाे छ ।

पछिल्लो समय गेम स्ट्रिमिङमा लोकप्रियता कमाइरहेको युट्युबले गेमिङ उद्योगमा नयाँ पाइला चालेको हो । यद्यपि यो गेम कहिलेदेखि प्रयोगकर्ताले खेल्न पाउँछन्र र कस्ता फिचर छन् भन्ने विषयमा कम्पनीले खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असार ९, २०८० १६:३६