close

अन्तरिक्षमा फेला पर्‍यो सम्पूर्ण जीवको आधार मानिने अणु

टेकपाना टेकपाना

असार १३, २०८० १४:१६

अन्तरिक्षमा फेला पर्‍यो सम्पूर्ण जीवको आधार मानिने अणु

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेम्स वेब स्पेस टेलिस्कोपले पहिलो पटक अन्तरिक्षमा कार्बन तत्त्व पत्ता लगाएको छ । मिथाइल क्याटायन (CH3+) का रूपमा परिचित यो अणु पृथ्वीभन्दा १३५० प्रकाश वर्ष टाढा ओरियन नेबुलामा फेला परेको हो ।

अन्तरिक्षमा कार्बन कम्पाउन्ड फेला पर्नु वैज्ञानिकका लागि चाखलाग्दो विषय हो । किनभने कार्बन कम्पाउन्डले हामीले बुझेको र जानेका सबै जीवनका लागि आधारको काम गरेको हुन्छ ।  

मिथाइल क्याटायनले अन्य धेरै अणुहरूसँग सजिलै प्रतिक्रिया गर्छ । त्यसैले वैज्ञानिकले यसलाई विशेष महत्त्वपूर्ण रूपमा लिएका छन् । पृथ्वीमा जीवन कसरी सुरु भयो र विकसित भयो भन्ने कुरा बुझ्नाले खोजकर्तालाई ब्रह्माण्डमा अन्यत्र जीवन सम्भव छ कि छैन भनेर पत्ता लगाउन मद्दत गर्छ ।

जेम्स टेलिस्कोपमा भएको संवेदनशील क्षमताले मानव आँखामा नदेखिने इन्फ्रारेड प्रकाशलाई अवलोकन गरेको हुन्छ । यसले पछिल्लो समय अन्तरिक्षमा भएको जैविक रसायनको बारेमा पनि थप खुलासा गरेको छ ।

सोमबार जर्नल नेचरमा उक्त आविष्कारको विस्तृत अध्ययन प्रकाशित गरिएको थियो । बाल्टिमोरमा रहेको ‘द स्पेस टलिस्कोप साइन्स इन्स्टिच्युट’ टेलिस्कोपका लागि मिसन सञ्चालन केन्द्र हो । यो सन् २०२१ मा फ्रेन्ड गुयानाबाट प्रक्षेपण गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असार १५, २०८० १५:५७