काठमाडौं । नेपालमा लोकप्रिय हाम्रो पात्रो भारतमा समेत दर्ता भएको छ । कम्पनीका अध्यक्ष रुद्र पाण्डेले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् ।
पाण्डेले ट्वीटरमा कम्पनी दर्ताको प्रमाणपत्र समेत शेयर गरेका छन् । जसमा १२ जुलाई २०२३ को मितिमा हाम्रो पात्रो इन्डिया प्रालि दर्ता भएको देखिन्छ ।
.@hamropatro India is registered. We will be launching our “Jutish”, gift and tele-health services in India within next few weeks. India is a huge market for our services. pic.twitter.com/hFn4Ut8zZR
"हाम्रो पात्रो इन्डिया दर्ता भएको छ," ट्वीटमा पाण्डेले भनेका छन्, "हामीले अबको केही साताभित्र ज्योतिष, गिफ्ट र टेलिहेल्थ सेवा भारतमा सार्वजनिक गर्दैछौँ । भारत हाम्रा सेवाका लागि विशाल बजार हो ।"