काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अनलाइनबाट सदस्यता लिन सकिने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले अब अनलाइनबाटै सदस्यता फारम भर्न सकिने जानकारी दिएका हुन् ।
राप्रपाको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिने छ । साधारण सदस्यका लागि १० रुपैयाँ, सक्रिय सदस्यका लागि एक वर्षको १ सय ५० रुपैयाँ र ५ वर्षका लागि ५०० रुपैयाँ शुल्क लाग्ने छ ।