close

अब एन्ड्रोइड स्मार्टवाचमा आधिकारिक रुपमा ह्वाट्सएप प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

साउन ५, २०८० ९:२

अब एन्ड्रोइड स्मार्टवाचमा आधिकारिक रुपमा ह्वाट्सएप प्रयोग गर्न सकिने

काठमाडौं । ह्वाट्सएपले 'वेयर ओएस' अर्थात् एन्ड्रोइड स्मार्टवाचको लागि गुगलले तयार गरेको अपरेटिङ सिस्टममा आधिकारिक रुपमा प्रवेश गरेको  छ ।

केही महिना अगाडि बेटा भर्सन सार्वजनिक गरेको कम्पनीले अहिले भने फुल भर्सन उपलब्ध गराएको हो ।

यदि तपाईँ आफ्नो स्मार्टवाचमा वेयर ओएस थ्री भर्सन प्रयोग गरिरहनु भएको छ भने तपाईँले अब ह्वाट्सएप इन्स्टल गरेर मेसेज पढ्न, रिप्लाई गर्न, इमोजी पठाउन, फोन उठाउन तथा भ्वाइस मेसेज गर्न सक्नुहुन्छ । यसका साथै क्विक रिप्लाई पनि दिन सकिन्छ । 

आउँदो हप्ता सामसङले आफ्नो समर अनप्याक्ड इभेन्ट गर्दैछ । उक्त कार्यक्रम मार्फत कम्पनीले नयाँ वेयर ओएस स्मार्टवाच सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैबीच कम्पनीले वेयर ओएसमा ह्वाट्सएपलाई आधिकारिक रुपमा प्रवेश गराएको हो । 

यो भन्दा अगाडि वेयर ओएसमा आधिकारिक रुपमा ह्वाट्सएप प्रयोग गर्न सकिदैन थियो ।   

पछिल्लो अध्यावधिक: साउन ५, २०८० ९:२६