close

यस्तो छ चन्द्रमाको कक्षबाट भारतीय चन्द्रयानले पठाएको दृश्य

टेकपाना टेकपाना

साउन २२, २०८० १२:५७

यस्तो छ चन्द्रमाको कक्षबाट भारतीय चन्द्रयानले पठाएको दृश्य

काठमाडौं । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले जुलाई १४ मा प्रक्षेपण गरेको 'चन्द्रयाना ३ यान' चन्द्रमाको कक्षमा पुगेको छ । इसरोले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै चन्द्रयाना-३ चन्द्रमाको कक्षमा पुगेको जानकारी दिएको हो । 

यससँगै चन्द्रयाना-३ यानले खिचेको चन्द्रमाको पहिलो तस्वीर र भिडिओ सार्वजनिक भएको छ । भिडिओमा चन्द्रमाको सतह निलो रङ्गको देखिएको छ, जसमा विभिन्न आकारका छापहरू देख्न सकिन्छ ।

योभन्दा अघि सन् २०१९ मा अवतरण हुनुअघि सम्पर्कविहीन भएपछि चन्द्रयान-२ असफल भएको थियो । त्यस्तै भारतको पहिलो चन्द्रमा परियोजना सन् २००८ मा असफल भएको थियो । चन्द्रमाको दक्षिण ध्रुवमा दुर्घटनामा परेको थियो ।

हालसम्म रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र सफलतापूर्वक चन्द्रमामा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गरेका छन् । भारत सफलतापूर्वक चन्द्रमामा चन्द्रयान-३ अवतरण गर्ने लक्ष्यमा छ । 

यदि सबै कुराहरू योजना गरे अनुरूपकै भएको खण्डमा चन्द्रयान-३ अगस्ट २३ र २४ तारिखको बीचमा चन्द्रमाको सतहमा पुग्ने वैज्ञानिकको अध्ययनले देखाएको छ । त्यसपछि उक्त यानले पृथ्वीबाट नदेखिने चन्द्रमाको दक्षिण धुव्रको फोटो पठाउने बताइएको छ । यो परियोजनाका लागि सात करोड ४६ लाख डलर खर्च भइसकेको छ ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८० १४:४४