close

विदेशबाट नेपालमा काम गर्न आउनेलाई अब अनलाइनबाटै श्रम स्वीकृति

टेकपाना टेकपाना

भदौ १, २०८० १०:१८

विदेशबाट नेपालमा काम गर्न आउनेलाई अब अनलाइनबाटै श्रम स्वीकृति

काठमाडौं । सरकारले अबदेखि गैरनेपालीलाई अनलाइनमार्फत श्रम स्वीकृति दिने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउनेले त्यसका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

यसका लागि शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीकाे उद्घाटन गर्ने कार्यक्रम छ ।

यसअघि विदेशबाट आएर काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृतिका लागि विभागमै आएर आवेदन दिनुपर्थ्यो । विभागबाट प्रवाह हुने सार्वजनिक सेवाहरूलाई सरल तथा पारदर्शी बनाउने उद्दश्यले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली ल्याइएको हो ।

यसअन्तर्गत विभाग तथा मातहत निकायहरूबाट प्रवाह हुने सेवाहरू (ट्रेड युनियन दर्ता, नवीकरण, गैरनेपालीहरूको श्रम स्वीकति, इजाजत श्रमिक आपूर्तिकर्ताको नवीकरण व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश प्रतिष्रठान दर्ता) प्राप्तिका लागि सेवाग्राहीहरूले यो लिंकमा गई आवेदन दिन सक्नेछन् ।

श्रम स्वीकृति लिने र श्रम नवीकरण गर्नेको सङ्ख्या बढेसँगै यसलाई व्यवस्थित र सहज गराउन अनलाइन प्रणाली लागू गर्न लागेको विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १, २०८० १२:९