close

यसरी हेर्नुहोस् एप्पल इभेन्टको लाइभ

टेकपाना टेकपाना

भदौ २६, २०८० २२:२६

यसरी हेर्नुहोस् एप्पल इभेन्टको लाइभ

काठमाडौं । एप्पलले आज एप्पल इभेन्ट गर्दैछ । नेपाली समय अनुसार राति पौने ११ बजेदेखि सुरु हुने एप्पल इभेन्टमा आईफोन १५ लाइनअप अन्तर्गतका विभिन्न मोडेलका साथै एप्पल वाच सिरिज नाइन, एयरपड्स प्रो लगायतका प्रडक्ट सार्वजनिक हुँदैछन् ।

उक्त इभेन्ट क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुनेछ । कम्पनीले आफ्नो आधिकारिक वेबसाइट, एप्पल टिभी, र युट्युब च्यानलबाट नयाँ प्रडक्ट सार्वजनिक भएको भिडिओ प्रत्यक्ष प्रसारण गर्नेछ ।

यसअन्तर्गत यहाँ क्लिक गरी एप्पलको वेबसाइटमा गएर वा यहाँ क्लिक गरी एप्पलको युट्युब च्यानलबाट लाइभ हेर्न सकिनेछ । आजको कार्यक्रम प्रविधि क्षेत्रमा रुचि राख्नेहरूका लागि विशेष हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८० २२:२६