काठमाडौं । नेपालका लागि इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोडुलर स्विच)-साइनोरा नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौँमा आयोजित इन्डो एसियन मिट २०२३ को अवसरमा उक्त उत्पादन सार्वजनिक गरेको हो ।
गोल्छा ग्रुपमार्फत विगत दुई दशकदेखि इन्डोएसियन ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । यसका उत्पादनमा मुख्यतया एमसीबी र डिस्ट्रिब्युसन बोर्ड तथा अन्य इलेक्ट्रिकल कम्पोनेन्टहरू रहेका छन ।
गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर शमशेर थापा र इन्टरनेशनका लागि क्षेत्रीय बजार प्रमुख विपिन गुप्ताले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोडुलर स्विचको नयाँ सिरिज साइनोरा सार्वजनिक गरेका थिए ।