close

अब गुगल बार्डले तपाईंका लागि युट्युब भिडिओ हेरिदिने !

टेकपाना टेकपाना

मंसिर ९, २०८० १४:२७

अब गुगल बार्डले तपाईंका लागि युट्युब भिडिओ हेरिदिने !

काठमाडौं । गुगल बार्ड प्रयोगकर्ताले अब एआई च्याटबटबाट नै युट्युब भिडिओबारे थाहा पाउनसक्ने भएका छन् । गुगलले एक अपडेट ल्याउँदै बार्डलाई युट्युबको सामग्री बुझ्न र त्यसको आधारमा प्रयोगकर्तालाई प्रतिक्रिया दिन सक्षम बनाएको हो ।

यससँगै प्रयोगकर्ताले बार्डमार्फत युट्युबमा भएको भिडिओ खोज्ने, त्यस भिडिओसँग सम्बन्धित प्रश्न सोध्ने, भिडिओको सारांश निकाल्नेजस्ता गतिविधि गर्न सक्नेछन् ।

यसका लागि प्रयोगकर्ताले उक्त भिडिओ हेरिरहन नपर्ने बताइएको छ । अर्थात् भिडिओ नहेरिकनै बार्डको सहयोगमा प्रयोगकर्ताले भिडिओमा भएको विषयवस्तु थाहा पाउन सक्नेछन् ।

यसका लागि गुगलले बार्डमा एक अपडेट जारी गरेको छ । अपेडटमा भिडिओबारे बार्डसँग अझ राम्रोसँग कुराकानी गर्न सकिने गुगलले बताएको छ ।

बार्डमा तपाईंले आफ्नो जिज्ञासा युट्युबसँग मात्र सम्बन्धित बनाउन @YouTube टाइप गर्नुपर्ने हुन्छ । यसो गरे एआई च्याटबटले तपाईंलाई युट्युबमा उपलब्ध सामग्री खोजेर मात्र दिने गर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० १५:१६