close

गौशाला २६ भन्दै फेसबुकमा फोटो राख्ने एक युवक पक्राउ

टेकपाना टेकपाना

माघ ३, २०८० १६:१

गौशाला २६ भन्दै फेसबुकमा फोटो राख्ने एक युवक पक्राउ

काठमाडौं । गौशाला २६ भन्दै सामाजिक सञ्जाल फेसबुकमा युवतीको फोटो राखेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार ती युवकलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पक्राउ परेका युवकमाथि अहिले थप अनुसन्धान भइरहेको छ । आरोपी व्यक्तिबारे विस्तृत अध्ययन नभई सञ्चारमाध्यममा विस्तृत जानकारी दिन नमिल्ने उनले बताए ।

बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर एवं सजाय तोकेपछि सामाजिक सञ्जालमा गौशाला २६ को फोटो भन्दै शेयर हुने क्रम बढेको छ ।

पीडित गौशला २६ ले नै ब्यूरोमा फोटो दुरुपयोग भएको भन्दै उजुरी दिएकी थिइन् ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८० १६:२