close

गुगल किपमा राखेका रिमाइन्डर अब गुगल टास्कमा पनि सेभ हुने

टेकपाना टेकपाना

बैशाख १७, २०८१ ९:३०

गुगल किपमा राखेका रिमाइन्डर अब गुगल टास्कमा पनि सेभ हुने

काठमाडौं । तपाईंले गुगल किपमा राखेका विभिन्न रिमाइन्डर अब टास्कमा पनि देखिने भएको छ । अर्को वर्ष सार्वजनिक गर्ने गरी किपमा राखिएका रिमाइन्डरहरूलाई टास्कमा देखाउन गुगल लागिपरेको हो ।

यसपछि टास्क, क्यालेन्डरएसिस्टेन्टमा भएका टु डु लिस्ट/रिमाइन्डर अर्थात् गर्नुपर्ने सबै काम गुगल टास्कबाटै हेर्न, सम्पादन गर्न तथा मार्क गर्न सकिने छ । यो परिवर्तनले गुगल टास्कलाई 'टु डु लिस्ट' र 'रिमाइन्डर'का लागि सेन्ट्रल हब बनाउने बताइएको छ ।

यस परिवर्तनलाई लामो समयदेखि प्रयोगकर्ताहरूले चाहिरहेका थिए । किनकी यी छुट्टा छुट्टै एपमा राखिएका रिमाइन्डर हेर्न बारम्बार यी अलग अलग एप खोल्नुपर्ने बाध्यता थियो । अब यही कुरा समाधान गर्न गुगलले काम गर्ने भएको हो ।

अहिले गुगल टास्कले गुगल किप जसरी स्थानमा आधारित रिमाइन्डरलाई सपोर्ट गर्दैन । यसका लागि प्रयोगकर्ता स्वयंले लेख्नुपर्ने बाध्यता छ । तर गत वर्षदेखि टास्कलाई सुधार गर्न गुगलले काम गरिरहेको छ ।

यसअन्तर्गत गुगलले गत मार्च २०२३ बाट यसमा एसिस्टेन्ट र क्यालेन्डरमा भएका रिमाइन्डर देखाउन थालेको थियो ।  यस परिवर्तनपछि टास्क अझ व्यवहारिक टुल हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ ९:५८