यो विषयमा भर्ना हुन विद्यार्थीले ११/१२ कक्षामा फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स (पीसीएम) अथवा फिजिक्स, केमेस्ट्री, बायोलोजी (पीसीबी) विषय अनिवार्य रुपमा लिएको हुनु पर्नेछ । तर कुल प्राप्ताङ्कको ५० प्रतिशत अथवा २.० सीजीपीए ल्याएको हुनु पर्नेछ ।
यसबाहेक बायोइन्फर्मेटिक्सका विद्यार्थीले बायोटेक्नोलोजीको अतिरिक्त अध्ययन गरेर डबल डिग्री समेत लिन सक्ने विश्वविद्यालयले जनाएको छ । यसका साथै १२ कक्षाको नतिजा कुरिरहेका विद्यार्थीले समेत यसमा आवेदन दिन सक्नेछन् ।
भर्ना हुन इच्छुक विद्यार्थीले विश्वविद्यालयले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण हुनु पर्नेछ । विद्यार्थीले ११ साउनसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने छ ।
यी विषयमा विद्यार्थी कोटा तथा शुल्क यस प्रकार छन्:
यी विषयमा थप बुझ्न तथा अनलाइन आवेदन दिन यहाँ अथवा यहाँ क्लिक गर्नुहोस् ।