close

एससीटीको ‘तिर्की दाउ’ अफर लम्बियो, ग्राहकले ७७७ रुपैयाँसम्म क्यासब्याक पाउने

टेकपाना टेकपाना

कात्तिक १४, २०८१ ९:३३

एससीटीको ‘तिर्की दाउ’ अफर लम्बियो, ग्राहकले ७७७ रुपैयाँसम्म क्यासब्याक पाउने

काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले ‘तिर्की दाउ’ अफरलाई निरन्तरता दिने भएको छ । चाडपर्वलाई लक्षित गर्दै आएको यो अफर १५ मंसिरसम्म विस्तार गरिएको हो । 

यस अन्तर्गत एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले नेपाली बजारमा सामान खरिद गर्दा पीओएस मार्फत गरिएको प्रत्येक कारोबारमा ७७७ रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।

हालसम्म एससीटी-यूपीआई डेबिट नलिएका ग्राहकले एससीटीसँग आबद्ध बैंक वा वित्तीय संस्थामा गएर कार्ड लिन सक्नेछन् । कार्ड सक्रिय गरिसकेपछि ग्राहकले छ महिनाभन्दा बढी समयदेखि प्रयोग नगरिएको एससीटी-यूपीआई डेबिट कार्ड प्रयोग गरी १११ रुपैयाँ क्यासब्याक पाउनेछन् ।

साथै तीन वा सोभन्दा बढी पटक कारोबार गर्ने ग्राहकले ३३३ रुपैयाँ र सात वा सोभन्दा बढी पटक कारोबार गर्नेहरूले ७७७ रुपैयाँ क्यासब्याक पाउने छन् । 

हरेक कारोबारको रकम न्यूनतम ५०० रुपैयाँ हुनुपर्ने बताइएको छ । त्यस्तै एउटै टर्मिनलबाट दिनको एकचोटिको कारोबार मात्र अफरको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

यसका साथै भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गर्दा नेपाली रुपैयाँ २५० क्यासब्याक पाउन सकिने जनाइएको छ । अफरको विस्तृत जानकारी र शर्तहरू एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८१ ११:५४