close

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

टेकपाना टेकपाना

पुस ५, २०८१ १७:४६

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न निर्देशन दिएको हो ।

साइबर अपराधको आरोपमा मंसिर ४ मा पक्राउ परेका प्रसाईंलाई मंसिर २७ गते जिल्ला अदालत काठमाडौं ४० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो । तर, धरौटीमा छुटे लगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आपराधिक लाभ र संगठित अपराधको कसुरमा उनलाई पुनः पक्राउ गरेको थियो ।

प्रसाईंले पुनः गिरफ्तारीलाई नियोजित र दुःख दिने मनसाय भएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

दुर्गा प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईंको समेत संलग्नता रहेको खुलेको छ । यो कार्यका लागि प्रसाईं निकट हरिचन्द्र फुयाललाई प्रयोग गरिएको प्रहरीको भनाइ छ । ​फुयालले धम्कीका लागि पाँच लाख रुपैयाँ पाएको स्वीकारेपछि प्रसाईंमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८१ १८:१५