close

‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आजदेखि ‘पठाओ सुपरफेस्ट’ सुरु

टेकपाना टेकपाना

पुस ६, २०८१ ११:१५

‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आजदेखि ‘पठाओ सुपरफेस्ट’ सुरु

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालको ‘पठाओ सुपरफेस्ट’ सुरु भएको छ । ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आजदेखि पुस २६ गतेसम्म आयोजना हुने सुपरफेस्टमा एलियन जोडीको थिम प्रस्तुत गरिएको छ । पठाओले सुपरफेस्टको छुट र अफरलाई आकर्षक बनाउन एलियनहरू ब्रह्माण्डबाटै आएको कथा तयार पारेको छ ।

सुपरफेस्ट अवधिमा पठाओका ग्राहकहरूले फुड र राइड सेवामा ८० प्रतिशतसम्म छुट र अन्य आकर्षक अफर पाउनेछन् । साथै, प्रत्येक राइड वा फुड अर्डर गरेपछि प्वाइन्ट्स प्राप्त गर्न सकिने र ती प्वाइन्ट्सलाई पठाओ एपको ‘डिल्स’ सेक्सनमा प्रयोग गरी प्रोमो कोड र अन्य अफर पाउन सकिने पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले जानकारी दिइन् ।

सुपरफेस्टमा सेवाग्राहीहरूले केचप किन्दा पिज्जा फ्री, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकन बिर्यानीमा चिकन सेकुवा फ्रीजस्ता अफरको लाभ उठाउन सक्नेछन् । रु. १ मा दुई क्रन्ची चिकन बर्गर, बीबीक्यू चिकन विङ्स, चिकन राइस बाउल, मिट लभर्स पिज्जा वा चिकन बिर्यानीजस्ता विशेष अफर पनि उपलब्ध गराइनेछ ।

यसअघि, सुपरफेस्टको प्रचारका लागि काठमाडौंका विभिन्न स्थानमा ‘मिस्टर हुलहुल’ र ‘मिसेस हुलहुल’को भेषमा एलियनको गुरिल्ला मार्केटिङ गरिएको थियो । यो प्रचार विधि गत वर्ष नेपालमा पहिलो पटक पठाओले प्रयोग गरेको थियो ।

सुपरफेस्ट अवधिमा टिकटक भिडिओ प्रतिस्पर्धा पनि आयोजना गरिएको छ । सहभागीहरूले ‘मिस्टर हुलहुल’ र ‘मिसेस हुलहुल’सँग भिडिओ बनाएर टिकटकमा राख्न सक्नेछन् । सबैभन्दा बढी लाइक, शेयर र भ्युज पाउने एक जना विजेताले रु. १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस सुपरफेस्टका अफरहरू प्रत्येक दिन बिहान १० बजेदेखि राति ९ बजेसम्म उपलब्ध हुनेछन् । फ्ल्यास सेल्स र रेस्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुट पाइनेछ । एक किलोमिटरको दूरीसम्म निःशुल्क डेलिभरीको सुविधा पनि उपलब्ध हुनेछ ।

ग्राहकहरूले प्रत्येक फुड अर्डरमा स्योरसट पुरस्कारका लागि स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । स्क्र्याच कार्डमा अल्टिमा लाइफस्टाइल, डोल्पो गियर्स, ट्राङ्क्युलिटी स्पा, धुलिखेल जिपलाइन, इना सेन्टर र मिशिसा कस्मेटिक्सजस्ता ब्रान्डहरूमा विभिन्न छुटहरू पाउनेछन् । त्यस्तै,  यति एयरलाइन्सको फ्लाइट बुकिङमा रु. ५०० छुट, माक्कुसे प्रडक्टमा १०–१५ प्रतिशत छुट, वन्डरल्याण्डका खेलहरूमा विशेष छुट र कोदाली भेन्चर्स तथा स्पर्स प्रडक्टमा छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सुपरफेस्ट अवधिमा हरेक साता भाग्यशाली विजेताहरूले मिशिसा कस्मेटिक्स, अल्टिमा लाइफस्टाइल, इना सेन्टर र माक्कुसेका तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले आईफोन १६ जित्नेछन् ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८१ ११:२२